आईतबार सुनको भाउ बढ्यो, चाँदीको स्थिर
मकालु खबर
२०७६ माघ ५ गते
माघ ५, काठमाडौँ । साताको पहिलो दिन आज आईतबार नेपाली बजारमा सुनको भाउमा तोलामा २ सय रुपैयाँ बृद्धी भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
साताको अन्तिम दिन शुक्रबार प्रतितोला ७४ हजार ८ सय रुपैयाँले कारोबार भएको छापावाल सुन आज प्रतितोला ७५ हजारले कारोबार भईरहेको महासंघले जनाएको छ ।
त्यसैगरी महासंघका अनुसार आज तेजाबी सुनमा पनि तोलामा २ सय रुपैयाँ बृद्धी भएर प्रतितोला ७४ हजार ७ सय रुपैयाँले कारोबार भईरहेको छ ।
आईतबार चाँदीको भाउ भने स्थिर भएको महासंघले जनाएको छ । महासंघको अनुसार शुक्रबार प्रतितोला ८ सय ९० रुपैयाँ मूल्य कायम भएको चाँदी आज पनि सोही भाउमा बिक्रीबितरण भईरहेको छ ।
मकालु खबर
२०७६ माघ ५ गते
प्रतिक्रिया
सम्बन्धित