बराह (बिजी) ग्रुपले धनकुटाको भेडेटारमा फेमली किचन र धरानमा सैलुन सञ्चालनमा ल्यायो

माघ ११, धरान । नेपालकै प्रतिष्ठित ब्यापारिक संस्था बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि. (विजी ग्रुप) ले दुई स्थानमा किचन र सैलुन समेत सञ्चालनमा ल्याएको छ । बराहले धनकुटाको भेडेटारमा बराह फेमली किचन र सुनसरीको धरानमा बराह किड्स सैलुन सञ्चालनमा ल्याएको हो ।  

शनिबारबाट बराहले बराह सपिङ कम्प्लेक्सको चौथो तल्लामा बराह किड्स सैलुन सञ्चालनमा ल्याएको हो । प्रदेश १ कै पर्यटकीय क्षेत्र धनकुटाको भेडेटारमा भने आन्तरिक तथा बाह्य पर्यटकलाई स्वच्छ, स्वस्थ परिकार पारिवारिक वातावरणमा उपलब्ध गराउन बराह फेमली किचन शुरु गरेको बराहका धरान शाखा प्रमुख मानबहादुर दियालीले बताए ।  

भेटेटारको बराह फेमली होटलमा त्यहाँ घुमफिरका लागि जाने आन्तरिक तथा बाह्य पर्यटकलाई गुणस्तरीय परिकार पस्कने विजी ग्रुप १ नं. प्रदेशका सचिबालय सदस्य सचिब गंगा कालिकोटेले बताए ।  

धरान स्थित सपिङ कम्प्लेक्समा बालबालिकाहरुको कपाल दक्ष तथा तालिम प्राप्त ब्यक्तिहरुबाट काट्न सकिन्छ । नुनदेखि सुनसम्म खरिद गर्न बराहमा आउने ग्राहक महानुभावलाई एउटै छानामुनी सबै प्रकारको सुविधा दिने उद्देश्य अनुरुप किड्स सैलुन पनि सञ्चालनमा ल्याइएको हो । सैलनमा नेपालमा नै रेड कार्पेट सैलुनको रुपमा नाम कमाएका ब्यक्तिहरु मार्फत कपाल कटाउन सकिन्छ । लामो समयदेखि सैलुन क्षेत्रमा काम गर्दै आएका प्रेम अधिकारी, डेजी नेल आर्ट लगायतबाट सेवा लिन सकिनेछ । सैलुनमा बालबालिकहरुको कपाल सेटिङ, मेनी केयर, पेडीकेयर, क्लिन जीङ पार्टी मेकअप लगायतका सेवा उपलब्ध छ ।  

सुलभ रुपमा गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यका साथ खोलिएको सो सैलुनमा २ सयदेखी एक हजार सम्मका सेवा अनुसारको रकम तिर्नुपर्ने बताईएको छ । बजारमा रहेका अन्य सैलुन भन्दा आफुलाई अब्बल सावित गर्दै सेवा प्रदान गर्ने बराह ग्रुपको भनाई छ ।  

सो सैलुनको उद्घाटने धरान उपमहानगरपालिकाका मेयर तिलक राईले गरेका छन् । उनको कार्यक्रममा बराहले निजी क्षेत्रबाट राष्ट्र निर्माण र समाजसेवामा गरेको योगदानको प्रशंशा गरे । उनले धरानमै रहेको अर्को ब्यापारिक घरानमा भाटभटेनी सुपरमार्केटले पनि सामाजिक क्षेत्रमा काम गर्नुपर्ने बताए । उनले हरेक संघ संस्थाले आम्दानीको निश्चित प्रतिशत सामाजिक काममा खर्च गरे समाज निर्माणमा टेवा पुग्ने बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *