दुई हजार घुस लिने मालपोत कार्यालय नायव सुब्बा पक्राउ

  

पुस २२, काठमाडौँ । सोमबार काठमाडौँमा घुस रकमसहित मालपोत कार्यालयका एक नायव सुब्बालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।   

अख्तियारको अनुसार काठमाडौंको साँखुस्थित मालपोत कार्यालयमा कार्यरत नायव सुब्बा रामेश्वर कुइँकेललाई पक्राउ गरिएको हो ।   

Image result for दुई हजार घुस

कुइँकेललाई घुस रकम दुई हजार रुपैयाँ हजारसहित रंगेहात मालपोत कार्यालय साँखु परिसरबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ । उनलाई घुस दिने लेखापढी ब्यवसायी श्रीराम सापकोटा लाई समेत नियन्त्रणमा लिईएको छ । 

अख्तियारका अनुसार सापकोटासँग कुइँकेलले दृष्टी बन्दकको लिखत पास गरिदिने भनेर घुस लिईरहेका थिए ।  पक्राउ परेका दुवैमाथी थप अनुसन्धान भईरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *