महालक्ष्मी विकास बैंक र नेपाल राष्ट्र बैंकबीच समझदारी पत्रमा हस्ताक्षर

माघ १३, काठमाडौं ।  महालक्ष्मी विकास बैंक र नेपाल राष्ट्र बैंकबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । महालक्ष्मी विकास बैंक लि. ले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकसँगे आर. टि. जि. एस प्रणालीसँग सम्बन्धित समझदारी पत्रमा हस्ताक्षर गरेको हो ।   

सम्झौता पछि ग्राहकहरुले आरटीजिएसबाट कारोबार गर्दा वास्तविक समयमा नै कारोबारहरु फस्र्यौट हुने हुँदा बैंकको भुक्तानी प्रणालीमा थप सहजता आउने बैंकले जनाएको छ ।   

नेपाल राष्ट्र बैंकका तर्फबाट भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक रेवती प्रसाद नेपाल र महालक्ष्मी विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । 

महालक्ष्मी विकास बैंकले देशका विभिन्न एक सय दुई शाखाहरुबाट बंैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकले आधुनिक प्रविधिमा आधारित भई अनलाईन बैंकिङ्ग, एटिएम, क्युआर पेमेन्ट, मोबाईल बैकिङ्ग लगायतका सेवाहरु प्नि उपलब्ध गराउँदै आएको बैंकले जनाएको छ ।   

    

      

    

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *