६ हजार धरौटीमा सांसद दीपक मनाङ्गे रिहा

पोखरा । कुटपीटको आरोपमा पक्राउ परेका सांसद दीपक मनाङ्गेलाई जिल्ला प्रशासन कार्यालय पोखराले ६ हजार धरौटीमा छाडेको छ । 

उनी जिल्ला फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङलाई झापड हानेपछि पक्राउ परेका थिए ।   

उनीमाथि प्रहरीले अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाएको थियो । 

null

आइतबार उनलाई जिल्ला प्रशासन कार्यालयले ६ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।   

यसअघि मनाङ्गेलाई २ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *