चिकित्सा शिक्षा आयोगका उपाध्यक्षले २० करोड घुस मागेको बी एण्ड सी मेडिकल कलेजका सञ्चालकको आरोप
मकालु खबर
२०७६ पुस २३ गते
पुष २३, काठमाडौँ । बी एण्ड सी मेडिकल कलेज एण्ड रिसर्च हस्पिटल प्रालि सञ्चालनका लागि चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले २० करोड रुपैंया घुस मागेको कार्यकारी निर्देशक दुर्गा प्रसाईले आरोप लगाएका छन् ।
बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर प्रसाईले झापाको धाइजन–४ स्थित मेडिकल कलेजको सम्बन्धनका लागि २० करोड रुपैयाँ मागेको आरोप लगाएका हुन्।
गत मंसिर १५ गते प्रसाईले द्वारिका होटलमा गिरीलाई भेटेका बेला गिरीले आफूभन्दा माथिल्लो तहका नेताहरुलाई रकम दिनु पर्ने भन्दै उक्त रकम मागेको पत्रकार सम्मेलनमा बताए।
मकालु खबर
२०७६ पुस २३ गते
प्रतिक्रिया
सम्बन्धित