सत्य निरुपणको अध्यक्षमा गणेश भट्ट र वेपत्तामा युवराज सुवेदी सिफारिस

माघ ४, काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा डा. गणेश भट्ट सिफारिस भएका छन् । साथै  वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको अध्यक्षमा युवराज सुवेदी सिफारिस भएका छन् । 

पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षमा गठित सिफारिस समितिले आज शनिबार कानूननमन्त्री भानुभक्त ढकाललाई आयोगका पदाधिकारीहरुको नाम सिफारिस गरेको हो । 

यता सत्य निरुपणमा प्रचण्डराज प्रधान, गोविन्द गौतम, मन दाहाल र अर्का एकको नाम सिफारिस भएको छ । यस्तै वेपत्ता छानविन आयोगको सदस्यहरुमा विष्णु भण्डारी, सुनिल रञ्जन सिंह, गांगा अधिकारी र सरिता थापा मगरको नाम सिफारिस भएको छ । भने सम्भवतः भोलि नै मन्त्रिपरिषद् नियुक्ति गर्नेछ । 

null

सरकारले दुबै आयोगका पदाधिकारीहरु सिफारिस गर्न गत बर्ष चैतमा मिश्रको नेतृत्वमा सिफारिस समिति बनाएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *