कामना सेवा र नेपाल क्लियरिङ्ग हाउसबीच आर.टि.जि.एस. सम्झौता
मकालु खबर
२०७६ माघ १ गते
माघ १, काठमाडौं । काठमाडौंको ज्ञानेश्वरमा केन्द्रीयकार्यालय रहेको कामना सेवाविकास बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउसबीच आर.टि.जि.एस. ९च्त्न्क्० सम्झौता भएको छ ।
नेपाल क्लियरिङ्ग हाउससँग भएको सम्झौताअनुसार बैंकका ग्राहकहरुले IPS/Connect IPS सुविधा अन्र्तगत आर.टि.जि.एस.(RTGS) सुविधाप्राप्त गर्न सक्ने छन् । जसबाट अन्तर बैंक भुक्तानी सुविधामा सहजता आउने बै.कले बताएको छ । यस अघि बैंकले नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागसँग पनि आर.टि.जि.एस. (RTGS) सम्झौता गरिसकेको छ ।
बैंकले देशका विभिन्नस्थानमा ११४ वटा शाखा तथा ६० वटा ATM मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।
मकालु खबर
२०७६ माघ १ गते
प्रतिक्रिया
सम्बन्धित