पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड प्रभावित
मकालु खबर
२०७६ माघ ३ गते
माघ ३, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेपछि सवारी आवागमन प्रभावित बनेको छ । इच्छाकामना गाउँपालिका–६, चारकिलोमा पहिरो खसेपछि सवारी आवागमन प्रभावित भएको हो ।
पहिरो खसेपछि सडक एकतर्फी मात्रै सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । प्रहरीका अनुसार, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी टोली परिचालन गरिए पनि वर्षाका कारण पहिरो पन्छाउन कठिनाइ भएको छ ।
मकालु खबर
२०७६ माघ ३ गते
प्रतिक्रिया
सम्बन्धित