चाबहिल चोकमा अब सार्न मिल्ने आकाशे पुल

माघ १७, काठमाडौं । काठमाडौंको चाबहिल चोकमा सार्न मिल्ने आकाशे पुल निर्माण हुने भएको छ ।   

बिहीबार काठमाडौं महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले पुल निर्माणको शिलान्यास गरे । पुलको लम्बाइ २३ मिटर र चौडाइ २ मिटरको हुनेछ र यो पुल एक ठाउँबाट अर्को ठाउँमा सार्न मिल्ने छ । 

१ करोड २९ लाख ३३ हजार ८४३ रुपैयाँ अनुमान गरिएको उक्त पुल निर्माणको ठेक्का ८२ लाख ६६ हजारमा कान्छामान निर्माण सेवाले पाएको छ ।   

निर्माण पक्षसँग गएको कात्तिक २७ गते नै सम्झौता भइसकेको थियो । सम्झौताबमोजिम पुल निर्माणको काम २०७७ असार २७ गतेभित्र सम्पन्न गरिसक्नु पर्नेछ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *