नबिल बैंककाे घातक रोग उपचार तथा मृत्यु बीमाको वार्षिक समिक्षा

पुस २८, काठमाडौँ ।  नबिल बैंकले मेटलाईफ बीमा कम्पनीको सहकार्यमा सुरु गरेको घातक रोग बीमा तथा मृत्यु बीमा योजना सुरु गरेको एक वर्ष पुरा गरेको छ ।   

यस बैंकले आफ्ना व्यक्तिगत बचत कर्ताहरुका  हितलाई मध्यनजर गर्दै गत मंसिरमा मेटलाईफको सहकार्यमा ३,००,००० को घातक रोग बीमा तथा  ७५,००० को मृत्यु बीमाको योजना सुरु गरेको थियो ।   

उक्त बीमा योजना ल्याएको एक वर्षमा कुल ८६ बचतकर्ताहरुलाई यस योजना अन्तर्गत रकम २ करोड १ लाख ७५ हजार दाबी भुक्तानी गरिएको छ । ग्राहकहरुबीच यस योजनाको लोकप्रियता तथा यसले पुर्याएको सहयोगलाई मध्यनजर गर्दै यस योजनालाई निरन्तरता दिने निर्णय समेत बैंकले गरेको छ । 

Image result for घातक रोग उपचार

उक्त योजना अन्तर्गत बैंकले दैनिक मौज्दात रु २५,०००  वा बढि राख्ने १६ देखि ६४ वर्ष उमेरका जुनसुकै प्रकारका नेपाली मुद्राका  व्यक्तिगत बचत खातालाई Major Cancers, Stroke, First Heart Attack, Serious Coronary Artery Disease, Heart Valve Surgery, Primary Pulmonary Hypertension, End Stage Lung Disease, End Stage Liver Failure, Fulminant Hepatitis, Kidney Failure, Coma, Aplastic Anaemia, Major Organ/Bone Marrow Transplantation गरी १३ वटा घातक रोगहरुको उपचारार्थ ३००,००० को बीमा गरेको छ । 

आफ्ना ग्राहकको सहजतालाई आत्मसाथ गर्दै उक्त १३ वटा मध्य कुनै  पनि घातक रोग लागेको निवेदन उपर निदान (Diagnosis) आवश्यकप्रमाण पुरा भएको अवस्थामा रु ३००,००० को  बीमा रकम विना कुनै विल तत्काल भुक्तानी हुनेगरी व्यवस्था गरिएको छ ।   

यसको अतिरिक्त बचतकर्ताको निधन भएमा रु ७५,००० को बीमांक रकम समेत यो योजनाले सुरक्षित गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *