टाटा नेक्सन, कर्पोरेटक्षेत्रको पहिलो रोजाई

पुष २४, काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्ग प्रा. लि.ले गतवर्ष नेपाली बजारमा ल्याएको टाटा नेक्सन, कर्पोरेट क्षेत्रको पहिलो रोजाई बनेको छ ।   

टाटा नेक्सन ग्लोबल एनक्यापबाट फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त गर्न सफल कम्प्याक्ट क्रसओभर एसयूभी हो । यात्रुको पूर्ण सुरक्षाकालागि नेक्सनको बाहिरी बनावट तथा भित्र राखिएको प्रविधिमा विशेष ध्यान पु¥याइएको टाटाले जनाएको छ । २०९ एमएम ग्राउन्ड क्लियरेन्स रडुअल फ्रन्टल एअरब्यागहरू जस्ता विशेषताहरूले चालक तथा यात्रुलाई आरामदायी यात्रा र पूर्ण सुरक्षा प्रदान गर्ने टाटाको दाबी छ ।   

हालैमात्र नेपाल एसबिआई बैङ्केलाइ टाटा नेक्सनका बिभिन्न भेरियन्टहरू डेलिभरि गरिएको छ भने अन्य बैङ्क तथा बित्तिय संस्थाहरु र व्यवसायीक क्षेत्रहरुबाट अग्रिम बुकिङ्ग भैरहेको जनाइएको छ ।  एरोडाइनमिक सिलुएट भएको र स्पोर्र्टी डिजाइन रहेको टाटा नेक्सन छ वटा भेरियन्टहरूमा उपलब्ध रहेको टाटाले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *