अवैध रुपमा नेपाल छिर्न लागेका एक तिब्बती र चार भुटानी प्रहरी नियन्त्रमा

पुष २२, वीरगञ्ज । अवैध रुपमा वीरगञ्ज नाका भएर नेपाल छिर्न लागेका एक तिब्बती र ४ भुटानी नागरिकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।   

भारतको बोधगयाबाट नेपाल आएको बा ५ ख २३८८ नम्बरको नेपाल भारत मैत्री सेवाको बसमा उनीहरुलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।   

४० यात्रुमध्ये एक तिब्बती र ४ भुटानी राहदानीबिनै नेपाल प्रवेश गर्न लागेको भेटिएपछि नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी नायब उपरीक्षक अमर खत्रीले जानकारी दिएका छन् । 

पक्राउ पर्नेमा भुटानी नागरिक १९ वर्षीय छन्दु लहामो, ५६ वर्षीय डोल्मा तमाङ, ४३ वर्षीय छोदेन तामाङ, ७० वर्षीय ज्ञान बहादुर तामाङ र एक जना तिब्बती नागरिक ४० वर्षीय कुन्छोक तसोमो रहेका छन् । 

अवैध रुपमा नेपाल छिर्न लागेको बेला पक्राउ परेका पाँचै जना विदेशी नागरिकलाई आवश्यक कारबाहीको लागि अध्यागमन कार्यालय वीरगञ्जमा बुझाइएको खत्रीले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *