कर्मचारी तथा जनप्रतिनिधिले आफ्ना सन्तान सामुदायिक विद्यालयमा पढाउने भन्दै खाए शपथ

पुष १९, मलंगवा । ‘सामुदायिक विद्यालयको स्तर सुधारौँ आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमै पढाऔं’ भन्ने मूल नाराका साथ नगरपालिकाको तलब भत्ता खाने कर्मचारी तथा जनप्रतिनिधिले आफ्ना सन्तान सामुदायिक विद्यालयमा पढाउने भन्दै शपथ खाएका छन् ।   

सामुदायिक विद्यालयको शिक्षा सुधारको लागि ुनगर शिक्षा ऐनु सार्वजनिक तथा शपथ समारोहमा सर्लाहीको बागमती नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिले शपथ खाएका हुन् ।   

नगरप्रमुख भरतकुमार थापालाई कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य डिल्लीप्रसाद उप्रेतीले शपथ खुवाएका थिए भने नगरप्रमुख थापाले स्थानीय कर्मचारी तथा जनप्रतिनिधिलाई शपथ खुवाएका थिए ।   

null

यस्तो थियो सपथमा   

‘नगरपालिकामा मलाई प्राप्त जिम्मेवारी मेरो ज्ञान विवेकले जाने बुझेसम्म इमान सम्झी राष्ट्र र मेरो पेशाप्रति बफादार रही कार्य गर्नेछु । म बागमती नगरपालिकाको शिक्षा ऐन र योसँग सम्बन्धित कार्य विवरण पालना गर्दै यस नगरपालिकाभित्रका सामुदायिक विद्यालयको सुदृढीकरण विकास र सम्वर्धनमा इमन्दारी र जिम्मेवारीका साथ मन वचन र कर्मले सहयोग पुर्‍याउँदै मेरा सन्तानहरुलाई विद्यालय तहसम्म सामुदायिक विद्यालयमा नै अध्यापन गराउने छु र अरुलाई पनि उक्त कार्य गर्न प्रेरित गर्नेछु’,। 

शपथपछि सभालाई सम्बोधन गर्दै नगरप्रमुख भरतकुमार थापाले सामुदायिक शिक्षामा आमुल परिवर्तनको लागि जनप्रतिनिधि र स्थानीय कर्मचारीले आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमा पढाउने नियम लागु गरिएको बताएका छन् । नयाँ शैक्षिक सत्रबाट नगरपालिकाको तलब भत्ता खाने कर्मचारीले अनिवार्य रुपमा आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमा पढाउनु पर्ने बताएका छन् ।   

नगरपालिकाले जारी गरेको शिक्षा नीतिविपरित गए जो कोहीलाई पनि ऐन नियम बमोजिम कारबाही गर्ने उनले चेतावनी समेत दिएका छन् । ‘आफ्नो छोराछोरीलाई निजीमा पढाउने तर तलब भत्ता सरकारी खान नैतिकताले दिँदैन’, नगरप्रमुख थापाले भने, ‘बिहान ९ बजे खान खाएर छोराछोरीलाई निजी विद्यालयमा लगेर सरकारी विद्यालयमा काम गर्ने शिक्षकहरू पनि देखेको छु ।’ अब त्यस्तो कर्मचारीलाई पनि सामुदायिक विद्यालयमा छोराछोरी पढाउनु पर्छ । होइन भने कारबाही भोग्न तयार रहनुपर्छ भन्दै उनले चेतावनी दिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *