बाबाजीको भोग (अनूदित लघुकथा)
रामधन अहीरको दैलोमा एक साधु आएर भन्यो – “बाबु तिम्रो कल्याण होस, साधुमाथि केही श्रद्धा देखाऊ।”
रामधनले श्रीमतीसँग भन्यो – “दैलोमा साधु आएका छन, उनलाई केही ल्याएर दे।”
श्रीमती भाँडा माझ्दै थिई, र यो चिन्ताले ग्रस्त थिई कि आज खाना के बनाउने, घरमा अन्नको एक दाना पनि थिएन। चैतको महिना थियो। तर यहाँ त दिउँसै अन्धकार व्याप्त थियो। उब्जनी सबै खेतबाटै उठेको थियो। आधी बाली महाजनले लग्यो र बाँकी आधी जमीन्दारका चम्चाहरूले असूल गरेर लगे। भुस-पराल बेचेर गोरूको व्यापारीबाट छुटकारा पाएका थिए। मात्र केही उब्रेको सोहोर-साहारलाई पिट-पाट पारेर एक-मन जति दाना निकालेका थिए। जसो-तसो चैतको महिना पार भयो। अब के गर्ने। गोरूलाई के ख्वाउने, घरका सदस्यहरूले के खाने? भगवान नै जानून! तर दैलोमा आइसकेको साधुलाई कसरी फर्काउनु, उसले के भन्ला?
null
श्रीमतीले भनिन – “के दिने? घरमा त केही पनि छैन।”
रामधन – “जा, भाँडामा हेर, केही पिठो-सिठो भए दे।”
श्रीमतीले भनिन – “त्यही भाँडा पुछ-पाछ गरेर त हिजो चुलो फुकेको। त्यहाँ के बाँकी होला र?”
रामधन – “घरमा केही छैन भन्न त म सक्दिन। जा कसैको घरबाट माँगेर ल्या।”
श्रीमती – “जोसँग ल्यायो उसलाई फिर्ता दिन सकेको छैन, अब कसरी माग्न जानु?”
रामधन – “देउतालाई चढाउन छुट्याएर राखेको केही त छ नि, जा त्यही ले, दिएर आउँछु।׆”
श्रीमती – “देउताको पूजा कसरी गर्ने?”
रामधन – “देउता माग्न त आउँदैनन नि? भए चढाउँला, नभए नचढाउँला।”
स्त्री – “त्यही छुट्याएको पनि एक-दुई पसर त होला नि, धेरै भए आधा सेर। त्यसपछि के कोई साधु आउँदैनन्? उसलाई त फर्काउनै पर्ला?”
रामधन – “अहिलोको समस्या त टरोस, त्यतिखेर देखाजाला।”
श्रीमती अमन गर्दै उठी अनि एउठा सानो हाँडी लिएर आई, जसमा मुश्किलले आधा सेर आटा थियो। त्यो आटा बडो यत्नकासाथ देउतालाई चढाउन राखिएको थियो। रामधन केही बेर सोचमग्न भयो, अनि आटा एक कचौरामा राखेर बाहिर आयो र साधुको झोलामा राखिदियो।
महात्माले आटा लिएर भने – “बाबु, आज त साधु यतै बस्छु। केही दाल पनि देऊ ताकि साधुको भोग लागोस।”
रामधनले फेरि आएर श्रीमतीसँग भने। संयोगवस घरमा दाल थियो। रामधनले दाल, नून, र पकाउने भाँडो जुटाइदिए। फेरि इनारबाट पानी तानेर ल्याए। साधुले बडो ढङ्ग पुऱ्याएर रोटी बनाए, दाल पकाए, अनि झोलाबाट आलु निकालेर भुजिया बनाए। जब सबै सामान तयार भयो, अनि रामधनसँग भने – “बाबु भगवानलाई चढाउनको लागि अलिकति घ्यु पनि चाहियो। भान्छा चोखो नभए भगवानलाई कसरी चढाउनु?”
रामधन – “बाबा, घ्यु त घरमा छैन होला।”
साधु – “बाबु भगवानको कृपाले तिमीसँग धेरै कुरा छ। यस्तो कुरा नगर।”
रामधन – “बाबा, मसँग गाइ-भैँसी केही छैन, घ्यु कहाँबाट हुन्छ?”
साधु – “बाबु, भगवानको भंडारमा के छैन, जाऊ र जहानसँग भन त।”
रामधनले गएर श्रीमतीसँग भन्यो – “घ्यु चाहियो रे, भीख माग्नु छ, घ्यु बिना गाँस जाँदैन!”
स्त्री – “तेसोभए यही दाल साटेर दोकानबाट अलिकति ल्याइदिनु। यति सब गरिसकेपछि त्यतिमा किन उसलाई खिन्न पार्नु।”
घ्यु आयो। साधुले पूजा-पाठको पञ्जि निकाले, घण्टी बजाए अनि भोग लगाउन बसे। खूब मीठो मानीकन खाए अनि दैलोको छेउमै पेट मसार्दै पल्टिए। रामधनले थाल कचौरा अनि कराई उठाएर माझ्न लग्यो। त्यस रात रामधनको चुलोमा अन्न पाकेन। दालमात्र पकाएर खाए।
रामधन सुत्नेबेलामा सोच्दै थियो – “मेरोभन्दा त इनकै जीवन राम्रो!”
मुन्सी प्रेमचन्दको लघुकथा “बाबाजीका भोग”को नेपाली अनुवाद
अनुवादः एकदेव अधिकारी
रत्ननगर – १, सौराहाद्वार