सिद्धनाथ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष र कोषाध्यक्ष एक लाख साठी हजार घुस रकमसहित पक्राउ

पुस २१, कैलाली । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नं. १२ मा अवस्थित सिद्धनाथ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष र उपाध्यक्ष नै घुस रकम सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका छन् ।   

वन उपभोक्ता समिति अध्यक्ष कुवेर थापा र कोषाध्यक्ष मोहनबहादुर सिंह एक लाख साठी हजार घुस रकम सहित पक्राउ परेका हुन् ।   

उक्त सामुदायिक वन अन्तर्गत पर्ने कानिखोला पुल नजिकबाट सेवाग्राहीसँग माटो झिकेको बिषयमा जे.सि.भी. र टेक्टरलाई नियन्त्रणमा लिई सरकारी नियम बिपरीत आफूखुशी जे.सि.भी. र टेक्टर छोडन भनी सेवाग्राहीबाट घुस माग गरिरहेको भन्ने उजुरीको आधारमा आयोगको कन्चनपुर कार्यालयबाट खटिई गएको टोलीले अध्यक्ष कुवेर थापा र कोषाध्यक्ष मोहनबहादुर सिंहलाई एक लाख साठी हजार घुस लिएको अवस्थामा वन उपभोक्ता समुहको कार्यालयबाटै पक्राउ गरेको आयोगका प्रवक्ता प्रदीप कोइरालाले जनाएका छन् ।   

Image result for घुससहित  पक्राउ

आयोगले दुवैलाई नियन्त्रणमा लिए अनुसन्धान गरिरहेको जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *