सिटिजन्स बैंकद्वारा ATM मा Mastercard सेवा
पुस १८, काठमाडाैँ । सिटिजन्स बैक इन्टरनेशनल लिमिटेडले आफ्नो बैंकको ATM मा Mastercard सेवा सुरुवात गरेको छ । यो सेवाको सुरुवात सँगै Mastercard, Maestro तथा Cirrus ब्राण्डका कुनै पनि कार्ड यस बैंकको ATM मा चल्ने छन् ।
नेपाल भ्रमण बर्ष २०२० को सुरुवात संगै प्रारम्भ गरिएको यस सेवाबाट विशेष गरी नेपाल भ्रमण मा आउने विदेशी पर्यटक र नेपालमा Mastercard ब्राण्डका कार्ड बाहक ग्राहकहरु लाभान्भित हुने विश्वास बैंकले लिएको छ ।
बैंकले यस अघि नै Visa तथा Union Pay सँग सहकार्य गरी ती ब्राण्डका कार्डमार्फत कारोबार गर्दै आइरहेको छ । “योर पार्टनर फर प्रोग्रेस” भन्ने नारालाई आत्मसाथ गरी यस बैंकले देशैभरी फैलिएका आफ्ना ८५ वटा शाखा, ८५ वटा ए.टि.एम. र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिब चार लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
null