एलआईसीको सफलता : करिब ६२ अर्ब रुपैंयाको कोष सञ्चालनमा

माघ १३, काठमाडौं । एलआइसी नेपालले चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा ६१ अर्ब ८४ करोड ५६ लाख रुपैंया बराबरको बीमा कोष बनाउन सफल भएको जानकारी दिएको छ । एलआइसीले करिब ७ अर्ब ६९ करोड कुल बीमा शुल्क आर्जन गरि उक्त कोष बनाउन सफल भएको हो ।   

एलआईसीले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण र सूचनाको हकसम्बन्धि विवरण माघ महिनाभित्र प्रकाशित गर्ने पनि जनाएको छ ।   

प्रेस विज्ञप्तीमार्फत एलआईसीले आर्थिक वर्ष २०७४÷०७५ मा बीमितहरुका लागि घोषणा गररेको विद्यमान न्यूनतम बोनसदर रु ६६ प्रति हजार प्रतिवर्ष रहेको पनि जनाएको छ । बीमितले लिएको जुनसुकै बीमा पोलिसीमा बीमा अवधि ५ वर्ष भएता पनि बोनस दर रु ६६ प्रति हजार प्रति वर्ष हुने बताएको छ । 

त्यस्तै जीवन आस्था नामको बीमा योजना ५ वर्ष अवधिको पोलिसीलाई रु ८५ प्रति हजार प्रति वर्ष सुनिश्चित लाभ प्रदान गरिएको एलआईसीले जनाएको छ ।   

१८ औं वर्ष सफलता पूर्वक पुरा गरेको एलआईसीले हाल देशभर ७४ शाखा कार्यालयहरुमार्फत सेवा दिँदै आएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *