पर्यटन वर्ष सफल बनाउन जोड, धरानका मठमन्दिर सरसफाई

माघ १२, धरान । नेपाल सरकारले यस वर्ष २० लाख  पर्यटन भित्र्याउने महव्तकांक्षी योजना सुरु गरेसँगै स्थानीय तहमा पनि विविध कार्यक्रम भइरहेका छन् । भिजिट नेपाल २०२० को अन्तर्गत रहेर तराई मधेशमा पनि भिजीट मधेश २०२० सुरु भएको छ ।   

यसै सन्दर्भमा नेपालको सरसफाई गर्ने भन्दै दुई नम्बर प्रदेशका सरसफाई दुत तथा सामाजिक अभियन्ता बैदनाथ प्रसाद शाहले देशका विभिन्न सहरहरुमा सरसफाईको सन्देश प्रवाह गरेका छन् । उनी हिजो सोहि क्रममा धरान आइपुगेका थिए । शाहले जनकपुरबाट थालेको अभियान काठमाडौ, बिरगंज, जलेश्वर, धुलिखेल, सिराहाको लहान हुँदै सुनसरीको धरान आईपुगेको हो । 

उनी सँगै उनको टोलीले धरानको धार्मिक पर्यटकीय स्थल बुढासुब्बा मन्दिरको सरसफाई समेत गरेको छ । नेपालमा धार्मिक पर्यटनको अथाह संभावना भएपनि मठ मन्दिरहरुको सरसफाइमा उचित ध्यान नदिइएको शाहले बताए । उनले मठ मन्दिर मात्र नभइ पर्यटकीय क्षेत्रको सरसफाइमा राज्य र स्थानिय जनता सहकार्य गरेर अगाडी बढ्नु पर्ने बताए ।   

सरसफाईमा दुई नम्बर प्रदेशका बिभिन्न व्यक्तिहरु र सुनसरी धरानका समाजसेवी, कर्मचारी, पत्रकार लगायतको सहभागिता थियो । शाहका अनुसार भिजिट नेपाल होस वा भिजिट मधेश जुनसुकै कार्यक्रमलाई सफल बनाउन सबैभन्दा पहिला सरसफाईलाई ध्यान दिनु जरुरी छ ।   

‘समाजलाई सफा सुग्घर बनाउन पनि सरसफाईमा जोड दिनुपर्छ, त्यसमाथि भिजिट नेपाल २०२० चलिरहेकोले यो अभियानलाई अझ तिब्रता दिनुपर्छ ।’ उनले भने । सरसफाइ अभियानले स्वच्छताको सन्देश पनि दिन सकिने अभियान्ता शाहको भनाई छ ।   

वुढासुब्बा मन्दिर परिसरमा आयोजित कार्यक्रममा धरान उपमहानगरपालिकाका आन्तरीक लेखा अधिकृत रमेश शाह, पिछडा वर्ग महासंघ धरानका अध्यक्ष भरतराज शर्मा, राष्ट्रिय वाणिज्य बैंकका पुर्व कर्मचारी ईश्वर कोईराला, ममता कोईराला, विजय चौधरी, सुर्य नारायण महतो ललिता सुरुती, रेनुका देवी, विद्यार्थीहरु अस्मिता राय, सिवानी राय, संन्दिप शर्मालगायत स्थानियहरुको उपस्थिति रहेको थियो ।   

सरसफाई कार्यक्रम ईटहरी, बिराटनगर, झापा लगायतका जिल्लाहरुका विभिन्न सहरमा जारी रहने छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *