सकारात्मक परिवर्तनका लागि कैदीबन्दीलाई ध्यान शिविर

पुष २०, इलाम । इलामको रोङ गउँपालिका ३ मा रहेको ओशो डिभाई डोर्सले जिल्ला कारागार इलाममा कैदीबन्दीहरुका लागि ध्यान शिविर सञ्चालन गरेको छ । पुष १६ गतेबाट सञ्चालन गरिएको सात दिने ध्यान सिविरमा करिव ५ सय कैदिबन्दी सहभागी छन् ।   

मानसिक तनाव र परिवारबाट टाढा भएर तनावमा परेका कैदीहरुको जीवनमा ध्यानले सकारात्मक परिवर्तन ल्याउने ओशो डिभाई डोर्सका सञ्चालक स्वामी प्रेम विकासले बताए ।  बिहान साँढे ६ बजेबाट दैनिक तीन घण्टा शिविर सञ्चालन हुँदै आएको छ ।   

शिविरमा स्वामी प्रेम विकासले प्रशिक्षण दिरहेका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *