आँखामा खुर्सानीको धुलो छर्केर ५० लाख लुट्ने ६ जना पक्राउ
मकालु खबर
२०७६ माघ १२ गते
माघ १२, काठमाडौं । काठमाडौंमा दिनदहाडै आँखामा खुर्सानीको धुलो छर्केर ५० लाख लुट्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका १५ भगवानपाउ बस्ने बच्चुराम गुरुङलाई खुकुरी र फलामको लठ्ठी देखाई आँखामा खुर्सानीको धुलो छर्किएर ५० लाख रुपैयाँ लुट्ने ६ जनालाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।
लुटपाटमा संलग्न दाङ पुरन्धारा गाउँपालिका ९ खेप्ताङका बेदबहादुर भन्ने भीमबहादुर घर्तीमगरसहित ६ जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुलाई महानगरीय अपराध महाशाखाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
मकालु खबर
२०७६ माघ १२ गते
प्रतिक्रिया
सम्बन्धित