७६ हजारको रेकर्ड तोड्दैँ सुनको भाउले नयाँ रेकर्ड कायम गर्यो
मकालु खबर
२०७६ पुस २३ गते
पुस २३, काठमाडौँ । बुधबार सुनको भाउ आकाशिएको छ । आईतबार प्रतितोला ७५ हजार ५ सय रुपैयाँ भएर नयाँ रेकर्ड कायम गरेको सुन बुधबार सम्म आईपुग्दा ताेलामा एक हजार रूपैयाँ बृद्धी भई नयाँ रेकर्ड कायम गरेको छ ।
मंगलबार प्रतितोला ७५ हजार ५ सय रुपैयाँले कारोबार भईरहेको छापावाल सुन आज तोलामा एक हजार रुपैयाँ बृद्धी भई प्रतितोला ७६ हजार ५ सय रुपैयाँले कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी मंगलबार प्रतितोला ७५ हजार २ सय रुपैयाँले कारोबार भएको तेजाबी सुनमा पनि आज तोलामा एक हजार रुपैयाँ बृद्धी भई प्रतितोला ७६ हजार २ सय रुपैयाँले कारोबार भईरहेको छ ।
महासंघका अनुसार बुधबार चाँदीको भाउमा पनि तोलामा २० रुपैयाँ बृद्धी भई प्रतितोला ९ सय २० रुपैयाँले कारोबार भईरहेको छ ।
मकालु खबर
२०७६ पुस २३ गते
प्रतिक्रिया
सम्बन्धित