यस्तो छ आज मंगलबार र भोली बुधबारको मौसम, हल्का वर्षापनि हुन सक्छ

पुस २२, काठमाडौं । पुस महिनाको तेस्रो साता चलिरहँदा देशभर जाडो बढेको छ । एक साता अघि परेको हल्का वर्षाले पूर्वी नेपालदेखि पश्चिम नेपालसम्म जाडो बढेकोमा हिजो सोमबारदेखि हल्का मौसम परिवर्तन हुँदै गएको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार अब नेपालको मौसम सुधार हुँदै गइरहेको छ । आइतबार देखि नेपालमा पश्चिमी निम्न चापिय प्रणालीको प्रभाव देखिएको छ । जसले गर्दा देशको पश्चिमी र पूर्वि पहाडी भु–भागहरुमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । 

आज दिउँसो देशको पश्चिमी भु–भागमा सामान्य बदली र बांकी भु–भागमा आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात हुने जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुमान छ । यसैगरी पश्चिम र मध्यका थोरै स्थानहरुमा र पुर्वी भू–भागका एक दुइ स्थानमा हल्का वर्षाको पनि संभावना छ । 

null

आज राती देशको पश्चिमी भू–भाग, मध्य र पूर्वका पहाडी भु–भागमा सामान्य बदली र बांकी भु–भागमा आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात तथा पश्चिम र मध्यका थोरै स्थानहरुमा र पुर्वी भू–भागका एक दुइ स्थानमा हल्का वर्षाको संभावना छ । 

भोली बुधबार दिउँसो देशभर सामान्य बदली रही पश्चिमका केही स्थानहरुमा र मध्य र पूर्वका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा मध्यम देखि भारी हिमपात हुने सम्भावना छ ।   

महाशाखाले बुधबार राती देशभर सामान्य बदली रही पश्चिमका केही स्थानहरुमा र मध्य र पूर्वका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको अनुमान गरेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा मध्ययम देखि भारी हिमपात हुने सम्भावना छ । महाशाखाले पश्चिमी निम्न चापिय प्रणाली भित्रिएसँगै अत्याधिक जाडो बढ्ने भएकोले जाडोबाट बच्न अनुरोध पनि गरेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *