रुपन्देहीको धकधइमा प्रभु बैंककोे शाखा सञ्चालनमा

माघ १२, काठमाडौं । प्रभु बैंक लिमिटेडले आइतबार रुपन्देहिको धकधइमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।  रोहिणी गाउँपालिका वडा नं. ०३ स्थित धकधइमा शाखा सञ्चालनमा ल्याएको हो ।   

शाखाको रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले उद्घाटन गरेका थिए ।  शाखा उद्घाटन गर्दै  अध्यक्ष  यादवले प्रभु बैंकले आप्mनो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँमा शाखा  सञ्चालनमा ल्याएर सर्वसाधारणलाई सरल र सहज बैंकिङ्ग सेवा प्रदान गरेकोमा प्रशंंसामा गरे । उनल प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताए ।   

बैंकको धकधइ शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुने भएकोले त्यहाँका स्थानीय बासिन्दा, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैंकले बताएको छ । साथै स्थानीयमा बैंकिङ्ग बानीको विकासमा अभिवृद्घि भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा धकधइ शाखाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बै.कले विश्वास लिएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *