लोक सेवा आयोगको नयाँ नियमसहितको सूचना जारी, परीक्षार्थीहरुले अनिवार्यरुपमा पालन गर्नुपर्ने

२०७६ माघ १२ गते

माघ १२, काठमाडौँ । लोक सेवा आयोगले आयोगको परीक्षा दिने परीक्षार्थीहरुका लागि एक सूचना जारी गरेको छ । आयोगले यही माघ २५ गते हुने परीक्षामा सहभागी हुन परीक्षार्थीहरुले आफ्नो परिचय खुल्ने फोटोसहितको प्रमाणपत्रसहित परीक्षामा उपस्थित हुन आग्रह गरेको छ ।
आयोगले एक सूचना जारी गदै भनेको छ, लोक सेवाको शाखा अधिकृत वा सो सरहको लिखित परीक्षामा सम्मिलित हुनको लागि उम्मेदवारहरुले आफ्नो प्रवेशपत्रसहित नेपाली नागरिकताको प्रमाण पत्र वा अन्य यस्तै परिचय खुल्ने तस्विरसहितको सरकारी निकायबाट जारी भएको प्रमाणत्र अनिवार्यरुपमा साथमा लिई परीक्षामा सहभागी हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’
यसअघि लोक सेवा आयोगको परीक्षामा सहभागी हुनका लागि प्रवेशपत्र मात्रै आवश्यक पर्ने हुँदा पहिलो पटकदेखि आयोगले नयाँ नियम लागू गरेको छ ।
यस्तो छ आयोगको सूचना :

२०७६ माघ १२ गते
प्रतिक्रिया
सम्बन्धित