टिपर काण्ड : सुर्खेतमा आज पनि तनाव

माघ १६, सुर्खेत । टिपरको ठक्करबाट मङ्गलबार वीरेन्द्रनगरमा एक युवकको ज्यान गएपछि उत्पन्न तनाव अझै सेलाएको छैन । मृतकका आफन्त र स्थानीयवासीले बिहीबार बिहानैदेखि वीरेन्द्रनगरमा प्रदर्शन गर्नुका साथै यातायातका साधन चल्न दिएका छैनन् । 

टिपरधनी र चालकलाई जन्मकैदको सजाय हुनुपर्ने, आन्दोलनमा घाइते भएकाको उपचारका साथै उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने मागसहित मृतकका आफन्त पुनः सडकमा उत्रिएका हुन् । वीरेन्द्रचोक, एरिचोकलगायतका स्थानमा तनाव बढेपछि बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । वीरेन्द्रचोकमा प्रदर्शनकारीलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीको लाट्ठी लागेर दैलेखका ११ वर्षीय विमल नेपाली घाइते भएका छन् । प्रहरीले सोही स्थानबाट आठ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।   

घटनाको तेस्रो दिनसम्म पनि सुर्खेतको अवस्था सामान्य हुन नसकेपछि व्यवसायीले प्रहरी प्रशासनप्रति आक्रोश पोखेका छन् । पीडित र पीडक पक्षबीच वार्ताको सहजीकरण गर्नुको साटो प्रहरी–प्रशासनले अनावश्यक धरपकड गरेको व्यवसायीको आरोप छ । सुर्खेत उद्योग वाणिज्य सङ्घले पनि प्रहरी प्रशासनले शान्ति सुरक्षा कायम गर्न नसकेको प्रतिक्रिया दिएको छ । 

Image result for मोटरसाइकल चालकको मृत्यु

पीडित परिवार सङ्घर्ष समिति संयोजक राजन सिंहले प्रशासनले समयमै टिपरधनीको खोजी गर्न नसकेकाले आन्दोलन गर्नुको विकल्प नभएको बताए। सहमति हुन नसक्दा शव परीक्षण हुनसकेको छैन । शव प्रदेश अस्पताल कालागाउँमा राखिएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज पन्तले टिपरधनी सम्पर्कमा आएकाले अहिले दुवै पक्षबीच वार्ता भइरहेको जानकारी दिएका छन्।   

मङ्गलबार बिहान वीरेन्द्रनगर नगरपालिका–३ गौतम चोकमा भे१ख २२४२ नंको टिपरको ठक्करबाट कालीकोट महाबै गाउँपालिका–३ सिमखेतका २१ वर्षीय केशर सिंहको घटनास्थलमै मृत्यु भएको थियो ।   

रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *