सरकारले थाल्यो नवलपरासीमा फलाम उत्खननको अन्तिम तयारी

पुष २७, नवलपरासी । नवलपरासीमा भेटिएको फलाम खानीबाट फलाम उत्खननको तयारी अन्तिम चरणमा पुगेको सरकारले जनाएको छ । आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले परासीको धौवादीमा भेटिएको फलाम खानी उत्खननको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । 

मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा मन्त्रालयको उद्योग विभागका सचिव यामकुमारी खतिवडाले फलामको गुणस्तरको सफल परीक्षण भएको र सञ्चालनको मोडालिटी पनि तयार भइसकेको बताए । फलामको उत्खनन र प्रशोधनका लागि कम्पनी कडा गरिएको उनले बताए । ‘गुणस्तर सम्बन्धि विषयको सफल परीक्षण भइसकेको छ ।’   

डिपोजिट पर्याप्त मात्रामा छ भन्नेपनि आइसकेको र नमुना परीक्षण पनि सफलताका साथ भइसकेको छ । अहिले औद्योगिक परीक्षण चीनमा भइरहेको छ । उत्खनन र प्रशोधनका लागि कम्पनी खाडा गरी सञ्चालनको मोडालिटीमा पनि तयार भएको छ’, उनले भने । 

सचिव खतिवडाका अनुसार दैलेखमा भेटिएको पेट्रोलिय पदार्थको अन्वेषणका लागि चीनसँग सम्झौता भइ काम सुरु भइसकेको छ । ४ महिनाभित्रमा ड्रिलिङको काम सकिएर कति मात्रामा पेट्रोलियम पदार्थ निकाल्न मिल्छ भनेर व्यवसायीक रुपमा थाहा हुने उनले बताए । दैलेखम मात्रै नभएर अहिले सुर्खेत र तानसेनमा पनि यससम्बन्धि काम भइरहेको मन्त्रालयले जनाएको छ । 

रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *