जङ्गलमा तास खेल्दै गरेका पाँचजना प्रहरी नियन्त्रणमा

माघ २, काभ्रे । बनेपा इलाका प्रहरी कार्यालय बनेपाको टोलीले बनेपा नगरपालिका–९ मगरगाउँमाथिको जङ्गलमा तास खेलिरहेको अवस्थामा नगद र सवारी साधनसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ । 

जङ्गलमा गएर लुकेर तास खेलिरहेको अवस्थामा बुधबार बेलुका पाँच जनालाई नियन्त्रणमा लिनुका साथै नगद रु एक लाख ६२ हजार २०, चार स्कुटर, ११ मोटरसाइकल, एउटा कार र ११ बुक तास बरामद गरिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।   

उनले  फरार रहेका १५ जनाको खोजीकार्य जारी रहेको र  दुई वटा चेकबुकसमेत बरामद भएको जानकारी दिए । पक्राउ परेकाहरुलाई तास, जुवा ऐनअन्तर्गत कारवाही हुने प्रहरीले जनाएको छ । 

Image result for pakrau

रासस  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *