रसुवागढी र तातोपानी नाकाबाट पर्यटक आवागमनमा रोक

माघ १५, काठमाडौं । चीनमा कोरोना भाइरसको माहामारी फैलिएपछि सरकारले रुसुवागढी र तातोपानी नाकाबाट पर्यटक आवागमनमा १५ दिनका लागि रोक लगाएको छ ।   

चिनियाँ पर्यटकको आवतजावतबाट संक्रमण फैलन सक्ने भन्दै उक्त नाका बन्द गरिउको गृह मन्त्रालयका प्रवक्ता केदारप्रसाद शर्मा जानकारी दिए । उनले भने, ‘तीन कारणले १५ दिनका लागि आवागमनमा रोक लगाउने निर्णय गरेका हौं । चीनमा अहिले विदा छ, कोरोना भाइरसको संक्रमण पनि फैलिरहेको छ साथै बाटो पनि अफ्ठेरो छ ।’ 

चीनसँगै सहमति गरि १५ दिनलाई नाका बन्द गरिएको प्रवक्ता शर्माले जानकारी दिए ।   

चीनको वुहानबाट फैलिएको कोरोना भाइरस अहिले तीव्र गतिमा विश्वभर फैलिरहेको छ। कोराना भाइरसकै कारण अहिलेसम्म चीनमा मात्रै १३२ भन्दा बढीको मृत्यु भइसकेको छ भने करिब ६ हजार जना व्यक्ति संक्रमित भएका छन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *