एभरेष्ट बैंकको एनआरएन बचत खातामा विशेष सुविधा

पुस २२, काठमाडौँ । एभरेष्ट बैंकले पान नेपालको उपस्थितिमा  एनआरएनएसँग एमओयूमा हस्ताक्षर गरेको छ । 

यस  बैंकले वाणिज्य बैंक बन्ने र एउटै छानामुनि वित्तिय सेवा तथा सुविधा प्रदान गर्ने घरयासी नाम बन्नका लागि एभरेष्ट बैंकमा खाता खोल्ने एनआरएलाई विशेष सुविधा पुर्याउने उद्देश्यले एनआरएनएसँग एमओयूमा हस्ताक्षर गरेको हो । 

एभरेष्ट बैंकको प्रधान कार्यालय लाजिम्पाटमा भएको एक समारोहबीच एनआरएनएका प्रमुख कार्यकारी निर्देशक डा. हेमन्त कुमार दबादी, एभरेष्ट बैंकका प्रमुख कार्यकारी निर्देशक गजेन्द्र कुमार नेगी र एभरेष्ट बैंक तथा एनआरएनएका अन्य उच्च अधिकारीहरुको उपस्थितीमा एमओयूमा हस्ताक्षर गरिएको हो । 

 ईबीएलले एनआरएन बचत खातामा निशुल्क एटिएम, इन्टरनेट/मोबाइल बैकिंग, ई–स्टेटमेन्ट, एबीबीएस, लकर र क्रेडिट कार्डमा ५०% छुट र विभिन्न कर्जा सुविधाको प्रोसेसिङ शुल्कमा विशेष छुटका साथ उच्च प्रतिफल प्रदान गर्नेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *