विनाेद चाैधरीकाे पशुपति विस्कुटमा आगलागी हुँदा करोडौंको क्षति

पुस २३, काठमाडौं । सुनसरीको दुहबीस्थित पशुपति बिस्कुट उद्योगमा आगलागी हुँदा करोडौंको क्षती भएको छ । गएराती ८ बजे लागेको आगो नियन्त्रणमा लिन मात्रै ४ घण्टा लागेको थियो ।   

आगलागीबाट करोडौंको क्षति भएको उद्योगका सञ्चालकहरुले बताएका छन् । उद्योगमा मंगलबार राति करिब ८ बजेदेखि लागेको आगो ४ घण्टामा नियन्त्रणमा आएको डिएसपी धर्मराज भण्डारीले बताए ।   

आगो नियन्त्रणमा लिन इटहरी, विराटनगर लगायत विभिन्न स्थानबाट पाँच वटा दमकल पुगेका थिए । स्थानीय, उद्योगका कामदार तथा प्रहरीसमेत खटिएका थिए । प्रहरीले भने क्षतिको पूर्ण विवरण आइनसकेको जनाएको छ । यो उद्योग सिजी ग्रुप अन्तर्गत विनाेद चौधरीको हो । यहाँ उत्पादित बिस्कुट देशकाे बिस्कुट उद्याेगमा ठूलाे हिस्सा छ । 

Image may contain: one or more people and night

यस्तै वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ५ रेशमकोठीस्थित जवाहिर गुप्ताको सरस्वती कपडा उद्योगमा पनि गएराति आगलागी हुँदा तयारी कपडा, मेसिनलगायत करोडौंको सामान जलेर नष्ट भएको सञ्चालकले बताएका छन् । 

उद्योगमा साँझ साढे छ बजे आगलागी भएको थियो । काम सकाएर उद्योग बन्द गरि बाहिरबाट ताल्चा लगाइसकेको अवस्थामा उद्योगमा अचानक आगलागी भएको सञ्चालकले बताएका छन् । 

उक्त आगो वीरगञ्ज महानगरपालिकाका २ वटा बारुण यन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा निभाइएको थियो ।  बाटो साँघुरो भएका कारण दमकल आगलागी भएको स्थानसम्म लैजान समस्या भएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *