भद्दा गालीसँगै बलात्कारका धम्की समेत झेल्छन् महिला नेत्रीहरु
माघ १०, काठमाडौं । बलात्कारको धम्की, गाली, महिलाविरोधी प्रतिक्रियाका साथै भद्दा प्रतिक्रिया । यी सबै झेल्छन् भारतका महिला नेत्रीहरु ।
‘ट्रोल पेट्रोल इण्डियाः एक्सपोजिङ्ग अनलाईन अब्युज फेस्ड बाय वूमन पोलिटिसियन्स’ नामक एक नयाँ अध्ययनमा महिला नेताहरुलाई ट्वीटरमा लगातार दुव्र्यवहारको सामना गर्नुपर्ने खुलेको छ ।
एमनेस्टी इन्टरनेश्नल इण्डियाको सहयोगमा गरिएको उक्त अध्ययनमा ९५ भारतीय महिला नेत्रीहरुका लागि गरिएको ट्वीटको समीक्षा गरियो । सो अध्ययनमा ९५ महिला नेत्रीहरुका लागि गरिएको १३.८ प्रतिशत ट्वीट्स कति आपत्तिजनक थिए भने कति अपमानित गर्ने खालका थिए ।
यसको मतलब यो भयो कि ती सबै महिला नेताहरुले सधैँ १० हजारभन्दा ज्यादा अपमानजनक ट्वीटको सामना गरे । अध्ययनबाट यो खुल्यो कि मुसलमान महिला नेत्रीहरुलाई अन्य धर्मका महिला नेत्रीभन्दा ९१.४ ज्यादा आपत्तिजनक ट्वीट दिइन्छ ।
यो अध्ययन २०१९ को लोकसभा चुनावभन्दा अघि, चुनावी समय र त्यसको लगतै (मार्च–मे २०१९) गरिएको थियो ।
अध्ययनको नतिजाबाट निकालिएको निष्कर्ष यस्तो थियोः
–भारत महिलाका लागि प्रत्येक सात ट्वीट मध्ये एक आपत्तिजनक थियो।
–लोकप्रिय महिला नेताहरूले अध्यधिक टोलिङ्ग झेल्नुपर्यो ।
–मुस्लिम महिला नेत्रीहरुको अन्य महिलाहरुको तुलनामा ५५.५ प्रतिशत ज्यादा आपत्तिजनक ट्वीट्सको सामना गरे । मुस्लिम नेताहरुको धर्मको बारेमा अपमानजनक ट्वीट हिन्दू नेताहरुका लागि गरिएको ट्वीटको दोब्बर थियो ।
–अनुसूचित जाति, अनुसूचित जनजाति र अन्य पिछडिएको वर्गका नेताहरूले अन्य नेताहरूको तुलनामा ५९ भन्दा बढी ट्रोलिङ्गको सामना गरे । जाति आधारित दुरुपयोग पनि उनीहरूको लागि प्रयोग गरिन्थ्यो।
एम्नेस्टी इन्टरनेश्नल इण्डियाले नोभेम्बर २०१९ मा रिसर्चको नतिजा ट्वीटरबाट साझा गर्यो र सोध्यो कि के चुनावी समयमा अनलाईन ट्रोलिङ्ग रोक्नका लागि कुनै खास कदम उठाइएको थिइयो ?
जवाफमा ट्वीटरले भन्यो– ‘ट्वीटरलाई सार्वजनिक कुराकानीबाट भ्रमित गर्ने अभद्र भाषा, स्पाम र बाँकी दुव्र्यवहाराबाट मुक्त गर्नु हाम्रो प्राथमिकतामा सामेल छ । हामी यस दिशामा अघि बढ्दै छौँ । लगातार कोशिस गर्दैछौँ कि ट्वीटरमाथि मानिसहरुको अनुभव सकारात्मक रहोस् ।’
यद्यपी कयौँ महिला नेत्रीहरु ट्वीटरको दाबीप्रति सन्तुष्ट छैनन् । ट्वीटर महिला अधिकारीहरुको रक्षा गर्नमा असफल सावित भइसकेको उनीहरुको भनाइ छ ।
भारतीय जनता पार्टीकी नेत्री शाजिया इल्मीले भनिन्, ‘महिलाहरुलाई अघि बढ्दै राजनीतिमा आउनुपर्छ तर यस काम गर्न जुन किमत मैँले चुकाएको छु, त्यो धेरै नै छ । ट्वीटरमा लगातार ट्रोल हुन्छु । अनलाईन उत्पीडनको शिकार हुन्छु । म कस्तो देखिन्छु, मेरो रिलेशनशिप स्टाटस के हो, मेरो बच्चा किन छैन । यति नकारात्मक टिप्पणीहरु आउँछन् कि तपाईँ सोच्न पनि सक्नु हुन्न । म ती सबै झेल्छु । जो मानिसहरु मेरो विचारसँग सहमत छैनन्, उनीहरु मेरो कामको बारेमा टिप्पणी गर्दैनन् । बरु, हरेक सम्भावित भाषामा, मलाई ‘वेश्या’ भनिन्छ।’
आम आदमी पार्टीकी आतिशी मार्लेनाले यसबारेमा प्रतिक्रिया राख्दै सार्वजनिक ठाउँमा आफ्नो सुरक्षा सुनिश्चित गर्नु कुनै महिलाको जिम्मेवारी होइन ।
उनले भनिन्, ‘उदाहरणका लागि यदी एक महिला सार्वजनिक यातायात प्रयोग गर्छिन् तब उसको सुरक्षा सुनिश्चित गर्नु सरकारको जिम्मेवारी हो । ठिक त्यस्तै यदी कुनै महिला ट्वीटरको प्रयोग गरिरहेकी छिन्, उसको सुरक्षा सुनिश्चित गर्नु ट्वीटरको पनि जिम्मेवारी हो ।