साउदी युवराजद्वारा अमेजनका मालिक जेफ बेजोसको फोन ह्याकिङ !
माघ ९, एजेन्सी । साउदी अरबका युवराज मोहम्मद बिन सलमानमाथी अमेजन र वाशिङ्गटन पोष्टका मालिक जेफ बेजोसको फोन ह्याक गरेको आरोप लागेको छ । युवराज सलमानले बेजोसको फोनबाट व्यक्तिगत जानकारीका चोरेको र उनले वाशिङ्गटन पोष्टलाई प्रभावित पार्न यसो गरेको बताइएको छ ।
यसैबीच बेजोसको फोन ह्याक भएको पत्ता लगाउने संस्था फरेन्सिक एनलाइसिसको रिपोर्टमा नयाँ खुलासा भएको छ । फरेन्सिकका अनुसार बेजोसको फोन ह्याक भएको जानकारीमा आएपछि उनका सेक्युरिटी चिफले साउदीमाथी ह्याकिङ्कको आरोप लगाए । तर युवराज सलमानले बेजोसलाई ह्वाट्सयापमा म्यासेज पठाएर आफुले फोन ह्याक नगरेको जनाएका छन् । सलमानले भने, ‘जेफ तपाईलाई मेरो बारेमा जे भनिएको छ, त्यो सबै झुठो हो, तपाई र अमेजनविरुद्ध मेरो र साउदीको कुनै तिक्तता छैन ।’
के हो बेजोसको फोन ह्याक भएको घटना ?
ब्रिटेनको अखबर ‘द गार्जियन’ ले एक दिन अघिनै श्रोतका अनुसार भन्दै युवराज सलमानले बेजोसको फोन ह्याक गरेको दाबी गरेको छ । यस घटनालाई यूएन एक्सपर्टले एनालाइसिसको माध्यमबाट पुरै टाइमलार्न अगाडि राखेको छ ।
यो ह्याकिङ्ग साउदी अरबका पत्रकार जमाल खाग्गोसीको हत्याको पाँच महिना पहिला भएको हो । जमाल खाग्गोसी बेजोसको अखवार वाशिङ्टन पोष्टका लागि काग गर्थे ।
खाग्गोसी साउदी अरब सरकारका कट्टर आलोचक थिए । अक्टुबर २०१८ मा इस्तानबुलमा साउदी वाणिज्य दुतावासभित्र उनको हत्या भएको थियो । उनको हत्या आरोप मोहम्मद बिन सलमानमाथी लागेको थियो । साउदी अरबले खाग्गोसीको हत्याको जिम्मेवार आफ्नो सुरक्षा एजेन्सीलाई लगाउँदै केही आला अधिकारीको निर्देशनमा भएको जनाएको थियो ।
ब्रिटेनको ‘द गार्जियन पत्रिकाले बुधबार यसबारे खबर प्रकाशित गरेको थियो । यसमा जेफ बेजोसको निजी अकाउन्टमा ह्वाट्सएपमार्फत् एउटा संदिग्ध फाइल आएको र त्यसपछि जेफ बेजोसको फोन ह्याक गरिएको बताइएको छ । उक्त मेसेज साउदी अरेबियाका युवराजको नीजि अकाउन्टबाट आएको बताइन्छ ।
अब संयुक्त राष्ट्रका मानवाधिकार विशेषज्ञले यी आरोपको तत्काल अनुसन्धानको माग गरेका छन् ।
उनले भनेका छन्, ‘कथित विरोधीलाई निशाना बनाउनका लागि निरन्तर, प्रत्यक्ष र व्यक्तिगत प्रयास’ का लागि पनि मोहम्मद बिन सलमानमाथि अनुसन्धान हुनुपर्छ ।’
संयुक्त राष्ट्र मानवाधिकार हाई कमिश्नरका विशेष दूत एनयेस कालामार र डेविड कायेले पनि युवराजमाथि लागेको आरोपको पूरा अनुसन्धान हुनुपर्ने माग राखेका छन् ।
यस्तै साउदी अरबमा अमेरिकी दूतावासले यो कहानीलाई ‘निराधार’ बताएको छ ।
यो पूरा घटना के हो र यसको सुरुवात कहिले भएको थियो ?
१ मे २०१८, संदिग्ध फाइलः
द गार्जियनको रिपोर्ट अनुसार १ मे २०१८ मा युवराजको ह्वाट्सएप अकाउन्टबाट एउटा संदिग्ध फाइल जेफ बेजोसको फोनमा पठाइएको थियो । यो एउटा सामान्य कुराकानीको अंश झैं थियो ।
अज्ञात स्रोतलाई उद्धृत गर्दै गार्जियनले त्यसको केही घण्टाभित्रै जेफ बेजोसको फोनबाट ठूलो मात्रामा डाटा ह्याक गरिएको बताएको छ ।
२ अक्टोबर २०१८, खग्गोसीको हत्या
जमाल खग्गोसी टर्कीको इस्तानबुलमा साउदी दूतावास गएका थिए । उनी आफ्नी प्रेमिकासँग विवाहका लागि दस्तावेज लिन गएका थिए । तर उनी दूतावासबाट कहिले पनि बाहिर निस्किएनन् ।
खग्गोसीको हत्याको आरोप टर्कीले साउदी अरबमाथि लगायो । तर करिब दुई हप्तापछि साउदी अरबले दूतावासभित्र खग्गोसीको मृत्यु भएको स्विकार गर्यो ।
१६ नोेभेम्बर २०१८, युवराजमाथि आरोप
वासिङ्टन पोष्टमा छापिएको रिपोर्ट अनुसार अमेरिकी अनुसन्धान एजेन्सी सिआइएले मोहम्मद बिन सलमानले जमाल खग्गोसीको हत्याको आदेश दिएको मान्यता राख्छ ।
तर साउदी अरबले उनको हत्यामा युवराजको कुनै पनि संलग्नता नभएको बताउँदै आएको छ ।
७ फेब्रुअरी २०१९, बेजोस भर्सेस साउदी टेबलोइड
जेफ बेजोसले अमेरिकी पत्रिका ९टेबलोइड० माथि नेशनल एन्क्वायररमाथि जबर्जस्ती वसुली र ब्ल्याकमेलको आरोप लगाएको थियो किनभने टेबलोइडले बेजोस र उनकी पूर्व प्रेमिका फक्स टिभीकी पूर्व होस्ट लरेन सान्चेजको नीजि संवाद प्रकाशित गरेको थियो ।
जनवरी २०१९ मा जेफ बेजोस र उनकी श्रीमती म्याकेन्जीको सम्बन्धविच्छेद भएको थियो । त्यसपछि नेशनल एन्क्वायररले लरेन सान्चेजसँग जेफ बेजोसको सम्बन्धबारे खबर प्रकाशित गरेको थियो ।
३० मार्च, २०१९, साउदीमा सम्बन्ध
बेजोसद्वारा नियुक्त गरिएका अनुसन्धानकर्ता गेविन डे बेकरले उनको फोन ह्याकमा साउदी अरबको संलग्नता भएको बताएका थिए ।
डे बेकरले डेली बिस्ट वेबसाइटमा लेखेका थिए, ‘हाम्रा अनुसन्धानकर्ता र थुप्रै विशेषज्ञले साउदीले बेजोसको फोनसम्म पहुँच राखेको र उनको नीजि जानकारी हासिल गरेको भन्ने कुरालाई पूरा विश्वासका साथ निष्कर्ष निकालेका छन् ।’
१९ जून, २०१९, पूर्व नियोजित हत्या
संयुक्त राष्ट्रका विशेष दूत एजयेस कालामारले एक रिपोर्ट जारी गरेको थियो जसमा खग्गोसीको हत्या पूर्व नियोजित थियो र यसमा युवराज मोहम्मद बिन सलमानको भूमिकाको अनुसन्धान हुनुपर्ने बताइएको थियो ।
२३ डिसेम्बर २०१९, मृत्युदण्डको सजाय
साउदी अरबले खग्गोसीको हत्याको मामलामा पाँचजनालाई मृत्युदण्डको सजाय तीनजनालाई जेल सजाय सुनाएको थियो ।
२१ जनवरी २०२०, दाबी
द गार्जियनमा हालै सार्वजनिक भएको रिपोर्ट अनुसार जमाल खग्गोसीको हत्या हुनु ६ महिना अघि जेफ बेजोसलाई मोहम्मद बिन सलमानको अकाउन्टबाट ह्वाट्सएपमार्फत् एउटा मेसेज पठाइएको थियो ।
पत्रिकाका अनुसार अहिलेसम्म जेफ बेजोसको फोनबाट कस्ता जानकारी चोरिएका छन् र त्यसको प्रयोग कसरी गरिएको छ भनेर थाहा पाउन सकिएको छैन ।
अमेरिकामा भएको साउदी दूतावासले यो आरोपलाई ‘निराधार’ बताएको छ ।
खग्गोसीको हत्या अघि अमेजनका संस्थापक जेफ बेजोसको मोहम्मद बिन सलमानसँग निकै राम्रो सम्बन्ध थियो र साउदी अरबमा व्यावसायिका साथी पनि थिए ।
उनीहरुको सम्बन्धमा त्यतिबेला तिक्तता आयो जब बेजोसले साउदी अरबको कडा आलोचना गरे र हत्यामाथि रिपोर्टिङका लागि आफ्नो पत्रिकाको पक्ष लिए ।