आज २२ औं राष्ट्रिय भूकम्प सुरुक्षा दिवस, भक्तपुरमा विशेष कार्यक्रम हुने

माघ २, काठमाडौं । राष्ट्रिय भूकम्प सुरक्षा दिवस । नेपालमा प्रत्येक वर्ष माघ २ गते यो दिवस मनाइन्छ । विसं १९९० माघ २ गते नेपालमा आएको महाभूकम्पको सम्झना स्वरुप २०५५ सालदेखि भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो । 

विक्रम संवत् १९९० माघ २ गते अपराह्न २ बजेर २४ मिनेटमा भूकम्प गएको सम्झनामा बिहीबार देशभर विभिन्न कार्यक्रम आयोजना गरी २२ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । ‘भूकम्पबाट सुरक्षित पूर्वाधार, दिगो सुख र समृद्धिको आधार’ नाराका साथ दिवस मनाउन लागिएको हो । 

दिवसका अवसरमा मूल समारोह समितिले दिउँसो साढे १ बजे भक्तपुर दरबार स्क्वायरमा विशेष कार्यक्रम आयोजना गर्दैछ । मूल समारोहको कार्यक्रमअघि भक्तपुरमा जनचेतनामूलक दुई पदयात्रा हुने प्रचारप्रसार उपसमिति संयोजक एवं शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले जानकारी दिए । 

Image result for भूकम्प

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *