एभरेष्ट बैंकको नयाँ शाखा सानोगाउँमा

माघ १५, काठमाडौँ । एभरेष्ट बैंकले आफ्नो सेवा विस्तारको क्रमलाई निरन्तरता दिँदै ललितपुरको  महालक्ष्मी नगरपालिका सानोगाउँमा ९५औं नयाँ शाखा संचालनमा ल्याएकाे छ ।  

बैंकको नयाँ शाखाको उद्घाटन यसै नगरपालिकाका मेयर  रामेश्वर श्रेष्ठ र  बैंकका प्रमुख कार्यकारी अधिकृत गजेन्द्र कुमार नेगीले संयुक्त रुपमा गरेका हुन् ।   

फराकिलो विश्वव्यापी सन्जाल मार्फत व्यावसायिक र कुशल बैकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको यस बैंकले समाजमा ठुलो संख्यामा र सबै वर्गहरुलाई बैकिङ्ग सुविधा पु¥याउने प्रयास स्वरुप देशका सबै क्षेत्रहरुमा शाखा स्थापना गर्ने कोसिस गरिरहेको छ ।   

उद्घाटन समारोहमा बैंकका उच्च अधिकारीहरु लगायत विभिन्न प्रतिनिधिहरु र ठुलो संख्यामा स्थानीयको समेत उपस्थितिमा रहेको थियो । 

सानागाउँका बासिन्दाहरुले अब आफ्नो घर ठाँउमा शाखामार्फत आधुनिक बैंकिङ्ग सुविधा प्राप्त गर्न सक्नेछन् । साथै ग्राहकहरुले पूर्ण बैंकिङ्ग सुविधाको लाभ लिन पनि सक्नेछन् ।   

यस बैंकको नेपालभर १० लाख भन्दा बढि सन्तुष्ट ग्राहकका साथ ९५ स्थानीय संजाल, ३ एक्सटेन्शन काउन्टर, ३० राजस्व संकलन काउन्टर, १२२ एटिएमबाट ग्राहकमा सेवा प्रदान गर्दै आईरहेको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *