दुई किलो सुनसहित दुई भारतीय पक्राउ

पुष १८, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो सुनसहित  दुई भारतीय पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा भारत महाराष्ट्रका नविन गोपी चन्द र भरत सुरेशलाल छन् ।  यूएईबाट आएका उनीहरुले मलद्वारमा सुन लुकाई ल्याएको बताइएको छ ।   

सुन पत्ता लगाउन काठमाडौं मेडिकल कलेजमै लगेर एक्सरे गर्नुपरेको थियो । 

यसअघि मंगलबार पनि यही शैलीबाट ल्याइएको आधा किलो सुनसहित  एक भारतीय पक्राउ परेका थिए ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *