नोबेलमा स्तन क्यान्सरको सफल शल्यक्रिया

पुष २३, बिराटनगर ।  बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा स्तन क्यान्सरको सफल शल्यक्रिया गरिएको छ । मोरङ बेलबारी–४ लामपानेकी ४४ बर्षीया अलन कुमारी माझीको दाहिने स्तनमा भएको क्यान्सरको सफल शल्यक्रिया गरिएको हो । 

क्यान्सरको संक्रमण फैलिएको स्तन र काँखी मुनीको गाँठोसमेत शल्यक्रियाको माध्यमबाट सफलतापूर्वक निकालिएको नोबेल शिक्षण अस्पतालका शल्यचिकित्सक डा.ओम बिक्रम शाहले जानकारी दिए । माझीको स्तनमा करिव एक बर्ष अघि सानो घाउ निश्किएको थियो । त्यो बढ्दै गएपछि परिक्षण गराउँने क्रममा क्यान्सर भएको पत्ता लागेको हो । 

घाउको उपचारका लागि नोबेल आईपुगेका उनीहरु क्यान्सर ‘थ्री स्टेज’ मा पुगेको थाहा पाएपछि आत्तिएका थिए । तर, अन्तत शल्यक्रिया सफल भएपछि बिरामी र बिरामीका आफन्त हर्षित भएका छन् । ‘क्यान्सर भएको थाहा पाउँदा अव के होला भनेर धेरै अत्तालिएका थियौं’ अनलकुमारीकी दिदी सवितादेवीले भनिन् ‘अप्रेशन राम्रो भयो र बहिनी ठिक भएकाले धेरैै खुशी लागेको छ ।’ 

नोबेलका शल्यचिकित्सक डा.शाह नेतृत्वको चिकित्सकहरुको टोलीले शल्यक्रिया गरेको हो । शल्यक्रिया पश्चात अब बिरामीको किमो थेरापी र रेडियो थेरापी गराउँँनु पर्ने डा.शाहले बताए । उनका अनुसार अप्रेशन गराउँन ढिलाई भएको भए क्यान्सरको संक्रमण शरिरका अन्य भागमासमेत फैलिएर बिरामीको ज्याननै जान सक्थ्यो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *