नबिल बैंकको ३५ औं वार्षिक साधारण सभा सम्पन्न

  

पुस २३, काठमाडौँ ।  नबिल बैंकले मंगलबार सञ्चालक समितिका अध्यक्ष शम्भु प्रसाद पौड्यालको अध्यक्षतामा ३५ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।   

यस साधारणसभामा बैंकको संचालक समितिले सिफारिस गरे बमोजिम तथा नेपाल राष्ट्र बैंकको स्वीकृति अनुसार आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट नगद लाभांश २२% र बोनस शेयर १२% दिने प्रस्ताव पारित गरेको छ ।   

बैंकले आ.व. ७५/७६ मा निजी क्षेत्रका बैंकहरुमध्ये उच्चतम मुनाफा रु.४ अर्ब २४ करोड हासिल गर्न सफल भएको छ ।  बैंकले जेथामा प्रतिफल १७.७६ प्रतिशत र प्रति शेयर आम्दानी रु.५०.५७ हासिल गरी आफ्नो वासलात विस्तार गर्दै रु. २ खर्ब १ अर्ब पुर्याएको छ ।   

बैंकको संचालन मुनाफा ६ अर्ब ३ करोड रहेको छ भने अघिल्लो वर्षको तुलनामा बैंककोे यस वर्षको संचालन मुनाफा र खुद मुनाफामा क्रमश ६.६१% र ६.४५% ले बृद्धी गरको छ  । 

अध्यक्ष पौड्यालको सफल नेतृत्वमा अघि बढिरहेको यस बैंकको “नेटवर्थ” रु. २३ अर्ब १९ करोड रहेको छ । समीक्षा वर्षको मुनाफाबाट प्रस्तावित बोनस शेयर पश्चात बैंकको पूँजी यस बर्ष रु. १० अर्ब ९ करोड नाघेको छ । 

साधारण सभामा आफ्नो मन्तव्य राख्दै अध्यक्ष पौड्यालले भने “नबिल बैंकले नेपालको बैकिङ्ग क्षेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यवसायीक एवं औद्योगिक गतिविधिहरुलाई गतिशिलता प्रदान गर्न, देशमा रोजगारीका अवसरहरु सिर्जना गर्न सहयोगीको भूमिका निर्वाह गर्न तथा सरकारी कोषमा कर मार्फत योगदान पुर्याउन सफल भएकोमा हामी गौरवान्वित रहेका छौं ।” 

साधारण सभाकै अवसरमा २०७६/५/१४ मा केही बिदेशी नागरिकहरुद्वारा विभिन्न बैंकहरुको एटीएमबाट अनधिकत रुपमा रकम निकालिएको घटनालाई उजागर गरी संलग्न ब्यक्तिहरुलाई कारवाहीको दायरामा ल्याउन सक्रिय भूमिका निर्वाह गरेबापत शेयरधनी समेतको सक्रियतामा बैंकका कर्मचारी, सुरक्षा गार्डहरु तथा महानगरिय प्रहरी बृत्त दरबारमार्ग काठमाडौंलाई सम्मान गरिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *