टिकटकले लियो युवकको ज्यान
मकालु खबर
२०७६ माघ २ गते
माघ २, भारत । भारतको नयाँ दिल्लीमा टिकटकका कारण एक युवकको मृत्यु भएको छ ।
नयाँ दिल्लीका केशवकुमारले आफ्नो बाबुको बन्दुक लिएर टिकटक भिडियो बनाउने क्रममा बन्दुक चलाउँदा भूलबस आफ्नो कन्चटमा गोलि लागेर उनको मृत्यु भएको हो ।
स्थानिय प्रहरीका अनुसार उनका बुवा एक प्रहरी थिए । उनले आमासँग उक्त बन्दुक माग्दा नदिएपछी जिद्दी गरेर लिएका थिए ।
घटनाबारे अनुसन्धान भईरहेको स्थानिय प्रहरीले जनाएका छन् ।
मकालु खबर
२०७६ माघ २ गते
प्रतिक्रिया
सम्बन्धित