एनआईसी एशिया बैङ्कका ग्राहकलाई सामसुङ ग्यालेक्सी खरिदमा विशेष छुट

माघ १४, काठमाडौँ । एनआईसी एसिया बैङ्कका ग्राहकलाई सामसुङ ग्यालेक्सी खरिदमा विशेष छुट दिइने भएको छ ।  

एनआईसी एसिया बैङ्क लिमिटेड र सामसुङ मोबाइल बिच भएको सहमति अनुसार एनआईसी बैङ्कका ग्राहकलाई सामसुङ ग्यालेक्सी खरिदमा छुट प्रदान गरिने भएको हो ।  सम्झौता अनुसार एनआईसी एसिया बैङ्कका ग्राहकले प्रत्येक खरिदमा १५% वा अधिकतम रु. ३,००० सम्म छुट प्राप्त गर्न सक्नेछन् ।   

यो योजना यही माघ १२ गतेदेखि फागुन १६ गतेसम्म लागू हुनेछ । यस योजनाबाट बैङ्कका ग्राहकहरूले अधिकतम लाभ लिन सक्ने जारी विज्ञप्तिमा उल्लेख छ ।  

null

  

सेवाग्राहीहरूले बैङ्कको कार्ड तथा मोबाइल बैङ्किङ सेवा प्रयोग गरी विभिन्न सामान खरिद गर्दा देशभर २,०२५ भन्दा बढी मर्चेन्टहरुबाट १% देखि ५०% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । 

उक्त छुट देशभर रहेको विभिन्न ख्यातिप्राप्त २०५ अस्पतालहरू, ६०० होटेल, रिर्सोट तथा रेस्टुराँ, ९०० रिटेल आउटले तथा ३२० विभिन्न सेवा तथा सामान बिक्री गर्ने स्थानहरूबाट सजिलै प्राप्त गर्न सकिने छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *