चितवनमा नयाँ पर्यटकिय प्रोडक्ट

माघ ९ चितवन । चितवन नेपालको प्रमुख तीन पर्यटकीय गन्तव्य मध्यको एक हो । चितवन भन्ने बित्तिकै हामी सबैको मुखमा चितवन राष्ट्रिय निकुञ्जको नाम आऊँछ । तर बदलिदो समयमा सफारी पर्यटनलाई मुख्य आकर्षण बनाएको चितवनले विस्तारै नयाँ प्रडक्ट तिर ध्यान दिएको छ ।   

लगानीकर्ताहरु नयाँ सोच र शिल्प लिएर नयाँ पर्यटकिय गतिविधि थप्ने क्रममा छन । चितवनको कुरा गर्दा हामीले सौराहालाई विर्सन हुँदैन । धेरैको मनमा चितवन भन्ने बित्तिकै सौराहा आउँछ । सौराहामै पर्यटकका लागि ठोस नयाँ प्रडक्ट सुरु नभए पनि नयाँ कार्यक्रमका विषयमा छलफल भने चलिरहेको छ । यहाँ रात्रिकालिन जीप सफारी, गल्फ कोर्ष, वाटर फन पार्क र सभा हल निर्माणका लागि कुराहरु च्लिरहेका छन् ।   

चितवन आउने कुल पर्यटकको ८० प्रतिशत हिस्सा सौराहाले राख्दछ अनि सौराहाले थप पर्यटकलाई आकर्षित गर्न यि र यस्तै नयाँ पर्यटकिय प्रडक्ट ल्याउन जरुरी छ । र , सफारी पर्यटनले चिनिएको अहिलेको वर्तमान अवस्थामा सौराहा आउने पर्यटकको बसाई लम्बाउन नयाँ प्रडक्ट जरुरी छ । सौराहालाई केन्द्रविन्दु बनाएर चितवनका धेरै स्थानमा पर्यटनलाई विस्तार गर्न पनि सकिन्छ । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा चितवनको पर्यटनमा निम्न गतिविधिहरु थप हुन लागेका छन् र यिनीहरुको भविष्य पर्यटन क्षेत्रमा उज्जवल छ ।   

नारायणी नदीमा क्रुज शिप 

पानीजहाजको कल्पनाले साकार रुप लिन लागेको भरतपुर महानगरपालिका वडा न. १६ ज्ञानेश्वर सामुदायिक वनको काप्रेघाटमा निर्माण भईरहेको पानी जहाजले चितवनको पर्यटनमा थप टेवा पुग्ने छ । नारायणी नदी माथि हुने यो यात्राले देवघाट देखि गोलाघाटसम्मको यात्रा तय गर्ने योजना छ । दुबई, थाइल्याण्ड जस्ता देशमा यस्ता पानी जहाजमा डीनर क्रुज सन्चालन हुने गर्दछन् र यहाँ सन्चालन हुने यो क्रुजले यि र यस्तै नविनतम कार्यक्रम ल्याउनेनै छन् । समुद्र नभएको हाम्रो मुलुकमा यो मिनी पानी जहाज सबैको लागि आकर्षणको केन्द्रविन्दु बन्ने छ र चितवनमा यसकै कारण थप पर्यटक भित्रने छ ।   

जीप लाईन 

आँपटारी जलदेवी सामुदायिक बनले सुरु गरेको जीप लाईन सेवा चितवनको पर्यटन क्षेत्रमा पहिलो जीप लाईन सेवा हो । मुग्लीन नारायणघाट सडक खण्डमा अवस्थित यो जीप लाईन सेवा चितवन लगायत , आँपटारी भएर अन्य जिल्ला जाने पर्यटकहरुको लागि पनि पायक पर्छ । साहसिक पर्यटनमा रुची हुनेहरुको लागि यो खेल पहिलो रोजाईमा पर्छ । विभिन्न रुट भएको यो जीपलाईनमा लामो तथा छोटो यात्रा गर्न सकिनेछ । साना बालबालिकाको निम्ती ३५ मिटर जीपलाईन पनि सन्चालनमा छ । राम्रो प्रचारप्रसार गर्न सके यो जीप लाईन चितवन आउने पर्यटकहरुको लागि आकर्षणको केन्द्विन्दु बन्न सक्ने छ ।   

राईनो पार्क 

मेघौलीमा निर्माणको निम्ति शिलान्यास भईसकेको राईनो पार्क अबको तीन वर्षभित्रमा निर्माण हुने लक्ष्य लिइएको छ । विशाल गैंडाको मुर्ति सामुदायिक बनमा बन्ने छ । मूर्तिको उचाई ३० फिट र चौडाई ४० फिटको हुनेछ । उक्त गैंडको आकृति भित्र पर्यटन सूचना केन्द्र, म्युजियम, भ्यू टावर लगायत हुनेछन् । यसको टावरमा बसेर घाँसे मैदानमा गैंडा चरिरहेका दृश्य देख्दा कसको मन नरमाउला र ? यो राईनो पार्कको निर्माण पछि यसकै कारण पनि चितवनमा थप पर्यटक बढ्ने छन् । विशेषत मेघौली क्षेत्रमा ओरालो लागेको पर्यटनलाई यसले उकास्ने छ ।   

अम्ब्रेला स्ट्रिट 

नेपाल भ्रमण वर्ष २०२० को अवसरमा सुरुवात गर्ने लक्ष्य लिएर भरतपुर महानगरपालिका वाड न. २२ को पटिहानीको राप्ती तटमा अम्ब्रेला स्ट्रिट निर्माण भईरहेको छ । यहाँ आउने पर्यटकहरुले अति सुन्दर तरिकाले निर्मित यो स्ट्रिटबाट सूर्यास्त हेर्न पाउने छन् । सडकमा छाताहरुको निर्माण हुने भएकोले यसलाई अम्ब्रला स्ट्रिट भनिएको हो । राप्ती नदीमा सूयास्त अवलोकन एकदमै लोभलाग्दो हुन्छ । सूर्यास्तको अलावा यो सडकबाट चितवन राष्ट्रिय निकुञ्जलाई नजिकबाट र सँगसँगै गैंडा, गोही लगायतका जनवारहरु पनि देख्न सकिन्छ । ४५० वटा ठूला छाता र ३०० वटा कुर्सी रहने यो स्ट्रिटमा पर्यटकको थप मनोरन्जनका लागि फाउन्टेन, पार्क र रेष्टुरेण्टकोे पनि निर्माण हुने छ ।   

सेभेन प्वाईन्ट टुर 

हरेक देशमा त्यहाँका टुर अपरेटरले पर्यटकिय स्थान घुमाउनको निम्ति विभिन्न प्याकेज निर्माण गरेका हुन्छन् । यो विशेषत सिटी टुरको लागि गरिन्छ । निकुञ्ज बाहेक यहाँ पनि विभिन्न आकर्षक स्थानहरु छन् । विश्व पर्यटन दिवसको अवसर पारेर सौराहाका व्यवसायीहरुले सेभेन प्वाईन्ट टुरको अवधारण ल्याएका छन् । चितवन मुख्य रुपमा निकुञ्ज घुम्न पर्यटक आउँछन् । निकुञ्जमा पाइने दुर्लभ एक सिङ्गे गैँडा, बाघ, भालु, गोही लगायतका जनावरले पर्यटकलाई आकर्षित गर्ने गरेको छ । थारु संस्कृतिमा पनि पर्यटक रमाउने गर्छन्। अहिले सुरु भएको सेभेन प्वाईन्ट टुरमा यहाँका सात गन्तव्यमा पर्यटकलाई घुमाउन लगिनेछ । सौराहाको प्रकृति संरक्षण कोषको सङ्ग्रहालय, बछ्यौलीको थारु सङ्ग्रहालय, चित्रसेनमा रहेको चित्रसेनबाबा मन्दिर र धर्मधाम रहेका छन् । राष्ट्रिय  प्रकृति संरक्षण कोषको सङ्ग्रहालयमा मरेका वन्यजन्तुको अस्थिपञ्जर छन् । थारु सङ्ग्रहालयमा थारु जातिको संस्कार झल्कने वस्तु देख्न सकिन्छ । सौराहा प्रवेशद्वारको चित्रसेन बाबाको मन्दिर पौराणिक मन्दिर हो । देवघाट धाम, नारायणी नदी तट र तीनखोले गुम्बा नयाँ गन्तव्य हुन् । अर्को गन्तव्य नारायणी नदी तट नारायणगढ बजारसँगै अवस्थित छ । सो क्षेत्रमा विभिन्न मठमन्दिर र खुला चौर छ । तीन खोले गुम्बा बुद्ध धर्मावलम्बीको महत्वपूर्ण आस्थाको केन्द्र हो । सेभेन प्वाईन्टलाई अहिले निकै प्रख्यात भएको शाश्वतधामसँग पनि जोड्न सकिन्छ ।   

रात्रीकालिन जीप सफारी 

अफ्रिकी मुलकमा निकैनै मन पराईएको रात्रीकालिन जीप सफारी चितवनमा कसरी जोड्न सकिन्छ भनेर व्यवसायीहरु लागि परेका छन् । निकुञ्ज भित्रभन्दा पनि बराण्डाभार क्षेत्रमा यसको परिक्षण गरिसकिएको छ । रातमा जंगल छेउछाउ जीप मार्फत घुम्न निकैनै रमाईलो हुन्छ । यो सफारीलाई व्यवस्थित गरेर सन्चालन गर्न सके चितवनमा थप सफारी पर्यटक बढ्ने पर्यटन व्यवसायी सुमन घिमिरे बताउँछन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *