१२२ चिनियाँलाई देश निकाला गर्ने प्रहरीको तयारी

पुस २०, काठमाडौं । पुसको दोस्रो साता पक्राउ परेका १२२ चिनियाँ नागरिकहरुलाई देश निकाला गर्ने तयारी गरिएको छ ।   

प्रहरीले चीनकै सुरक्षा एजेन्सीको सहयोगमा देशका विभिन्न ९ स्थानबाट पक्राउ परेका उनीहरुलाई देश निकाला गर्ने तयारी गरेको हो ।   

वैधानिक प्रक्रियाबाट स्वदेश लैजान समस्या आउने भएपछि देश निकाला गर्ने तयारी गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । उनीहरुको राहदानी खारेज हुनेछ ।  त्यसपछि उनीहरु अवैध हुनेछन् । अवैध भएपछि देश निकाला गर्ने बाटो खुल्ने र चीन पठाउन सहज हुने देखिएपछि प्रहरीले चीनकै आग्रहमा यो मार्ग अपनाएको हो ।   

Image result for १ सय २२ चिनियाँ नागरिक

पक्राउ परेका सबै चिनियाँ पर्यटक भिसामा नेपाल आएको खुलेको छ ।  प्रहरीले चीनमा गम्भीर अपराधमा संलग्न भएको आरोपमा उनीहरुलाई पक्राउ गरेको बताएको थियो ।   

पक्राउ परेका सबैलाई परिसर, सोह्रखुट्टे, सिंहदरबार, बालाजु, महाराजगन्ज वृत्तमा राखि अभद्र व्यवहारमा सामान्य मुद्दा चलाइएको थियाे ।  

एक हजार रुपैयाँ जरिवाना तिरेर छुटे   

पक्राउ परेका चिनियाँ नागरिकहरु आज (आइतबार) छुटेका छन् । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले आइतबार जरिवाना तिराएर उनीहरुलाई छाड्न आदेश दिएको हो । 

चिनियाँ नागरिकको कुनै कसूर नभेटेको भन्दै अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धानको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।   

सरकारी वकिलको रायअनुसार चिनियाँ नागरिकले कसूर स्वीकारेकाले एक हजार रुपैयाँ जरिवाना गराउने आदेश दिइएको हो ।   

अभद्र व्यवहारसम्बन्धी कसूरमा १० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने कानूनी व्यवस्था छ । 

कसरी पक्राउ परेका थिए चिनियाँ नागरिक  

चिनियाँ नागरिकहरु अवैध गतिविधिमा संलग्न भएको आशंकामा प्रहरीले काठमाडौंमा चलाएको  ‘सर्च एण्ड एरेष्ट’ अपरेशनका क्रममा पुस ७ गते १२२ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको थियो ।   

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र काठमाडौं प्रहरी परिसर, टेकुले काठमाडौंको मनमैजु, महाराजगञ्ज र बुढानीलकण्ठ क्षेत्रबाट संयुक्त अपरेशन चलाएको थियो । त्यसक्रममा चिनियाँ नागरिकहरू भिसा अवधि सकिसक्दा पनि अबैध रुपमा बसेको, आइटी, होटल लगायतका क्षेत्रमा काम गर्ने गरेको पाइएको हो ।   

प्रहरीले उनीहरुको साथबाट ठूलो संख्यामा ल्यापटप र मोबाइल बरामद गरेको थियो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *