साहुकार यादव पक्राउ रौनियार भागे सितामढी, ११ अर्बमा पाइने सेक्युरिटी प्रेसलाई २३ अर्ब हाल्दै सरकार, इराक–अमेरिका तनावमा १० लाख नेपाली प्रभावित

पुस २४, काठमाडौं । नयाँ पत्रिका दैनिकले हिजो प्रकाशित गरेको तराईका लाख लगानी गरेर करोड असुल गर्ने साहुकार मध्ये एक जना पक्राउ परेका छन् । लाख दिएर करोड असुल्ने धन्दा चलाएका राजपाका नेता समेत रहेका रामबाबु यादवलाई प्रहरीले भेष बदलेर भारत भाग्दै गरेको समाचार आजको नयाँ पत्रिका दैनिकले मुख्य पृष्ठमा प्रकाशित गरेको छ ।   

पत्रिकामा समाचार प्रकाशित भएपछि प्रहरीलाई समेत यादवलाई पक्राउ गर्न सहज भएको सर्लाहीका एसपी विश्वमणि पोखरेले प्रतिकृया दिएका छन् । राजनीतिक संरक्षणमा सर्लाहीका गरिब तथा कमजोर जनतालाई घर जग्गा पास नै गर्न लगाएर करोड असुल्दै आएका यादव पक्राउ परेपनि अर्का साहुकार सञ्जय रौनियार भने फरार छन् ।   

नयाँ पत्रिकामा योसँगै यति समुहलाई राज्यले गरेको संरक्षणको अर्को नमुना प्रस्तुत गरीएको छ । सरकारले यति समुहबाट नै राज्यको अरबौं ढुकुटी रित्याउने गरी ११ अर्बमा पाइने सेक्युरिटी प्रेस २३ अर्बमा खरिद गर्न प्रक्रिया अघि बढाएको छ । देशलाई दोब्बर घाटा हुने गरी खरिद गर्न लागिएको सेक्युरिटी प्रेस ११ अर्बमा पाइने सेक्युरिटी प्रेस सरकारले २३ अर्बमा किन्न थालेको छ । विवादास्पद यती समूहलाई फाइदा र्पुयाउन राष्ट्रिय ढुकुटीबाट दोब्बर लगानी गर्न सरकार तयार भएको हो । 

सेक्युरिटी प्रेस बेच्ने स्विस कम्पनीका एजेन्टले तत्कालीन सरकारमा पहुँच र्पुयाएपछि ०७२ मा नेपाल सरकारले यस्तो प्रेस किन्ने पहल सुरु गरेको थियो । संविधान जारी भएपछि केपी ओलीको नेतृत्वमा बनेको सरकारले नीति तथा कार्यक्रम जारी गर्दा नै यस्तो प्रेस किन्ने घोषणा गरेको थियो । त्यति मात्र होइन, सरकारले प्रेस किन्न नेपाल लगानी बोर्डलाई पनि निर्देशन दिएको थियो ।   

नयाँ पत्रिकामा अर्को समाचार छ अबैध गतिविधि गर्दै आएक १२२ चिनियाँ नागरिकलाई दुई चार्टर विमानले आफ्नो देश लगेको ।   

कान्तिपुर दैनिकले भने आजको अग्रपृष्ठमा रातभर बंकरमै शिर्षकमा इराकमा रहेका दुई अमेरिकी बेस क्याम्प लक्षित गरी बुधबार इरानले गरेको मिसाइल आक्रमणको समाचार छ । यसैगरी आजकै कान्तिपुरमा नागरिकको अधिकार खोस्दै सरकार शिर्षकमा अब सरकारले फोन ट्रापिङ समेत गर्न सक्ने भएको छ ।   

अन्नपूर्ण पोस्टले सत्तारुढ नेकपा भित्रको गुटवन्दीको समाचारलाई मुख्य समाचार बनाएको छ । प्रचण्ड प्यानलका झलनाथ खनाल, माधव नेपाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ र गिरिराजमणि पोखरेलले बामदेव गौतमको निवासमा भेटघाट गरेको समाचार छ । यो सँगै अन्नपूर्ण पोस्टले नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवालाई दिएको दवाव सन्दर्भमा समाचार प्रकाशित गरेको छ । साथमा भारतमा पाम तेल माथि प्रतिबन्ध लगाइएको समाचार पनि छ ।   

आजको नागरिक दैनिकले इराक अमेरिका तनाबको विषय मुख्य समाचार बनाएको छ । अमेरिका इराक तनाबमा खाडीमा रहेका १० लाख नेपाली प्रभावित हुने छन् । इराकले शान्ति सेनाकै मिसाइलमा आक्रमण गरेको बताइएको छ । यसैगरी सरकारले ल्याउन लागेको विज्ञापन ऐन विरुद्ध सर्वोच्चमा रिट दायर भएको समाचार पनि छ ।   

राजधानी दैनिकले भने तराईका दुई साहुकारकै विषयलाई प्राथमिकताका साथ प्रकाशित गरेको छ । राजधानी दैनिकका अनुसार साहुकार सञ्जय रौनियार भारतको सितामढी भागेका छन् । तराई मधेशमा मिटर ब्याजीको विगविगी रहेको छ । पोल खोले मार्ने धम्कीले स्थानीय त्रसित छन् ।   

हेर्नुहोस आजका पत्रपत्रिकाका प्रथम पृष्ठ, 

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *