‘देहव्यपार’को आरोपमा दक्षिणकाली-४ का वडाध्यक्ष पक्राउ

माघ १५, काठमाडौ । देहव्यापार गरेको उजुरीका आधारमा दक्षिणकाली नगरपालिका-४ का वडाध्यक्षसहित तीनजना पक्राउ परेका छन्। 

प्रहरीले माघ १० गते नै वडाध्यक्ष पुष्कर खड्कासहित तीन जनालाई सानेपाको एउटा घरबाट नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । प्रहरीले वडाध्यक्षसहित बिजगोपाल श्रेष्ठ र नवल ठाकुरलाई नियन्त्रणमा लिएको हो।   

खड्का नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष हुन् भने, ठाकुर भारतीय नागरिक हुन्। उनीहरुमाथि जिल्ला अदालतबाट मानव बेचविखन कसुरमा अनुसन्धानका लागि ९ दिन म्याद थप गरिएको छ ।   

सानेपामा रहेको एउटा खाजा घरमा छापा मार्दा अन्य तीनजना महिलालाई समेत उद्धार गरेको प्रहरीले जानकारी दिएको छ।   

पीडित महिलाले दिएको यजुरीका आधारामा सो खाजा घरमा छापा मारेको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *