आफ्नै नाबालिका छोरी बलात्कार गर्ने बाबु पक्राउ

माघ १५ , सुरुंगा । झापामा मादक पदार्थ सेवन गरी आफ्नै नाबालक छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक बाबुलाई पक्राउ गरेको छ ।   

प्रहरीका अनुसार आफ्नै नावालक ७ वर्षिय छोरी बलात्कार गरेको आरोपमा कानकाई नगरपालिका–१ निवासी ३० वर्षीय एक पुरुषलाई पक्राउ गरिएको हो ।   

मंगलबार उनीविरुद्ध हाडनाता करणी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ । प्रहरीका अनुसार  हजुरआमासँग सुतिरहेकी छोरीलाई आफूसँग सुत्न बोलाएर करणी गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।   

Related image

पिडित बालिकाको आमा  केही वर्षअघि अर्कैसँग गएपछि बालिका हजुरबुबा र हजुरआमाको संरक्षणमा बस्दै आएकी थिइन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *