खोला किनार नजिकै भेटियो नग्न अवस्थामा युवकको शव

माघ १४, धरान । मंगलबार  मोरङ र सुनसरी जिल्ला छुट्याउने केशलिया खोला किनार नजिकै एक युवकको  शव नग्न अवस्थामा फेला परेको छ ।   

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार विराटनगर महानगरपालिका–४ र सुनसरीको दुहवी नगरपालिका–१२ बुकडोरीको सिमाना भएर बग्ने उक्त खोलाको किनार  नकिकै  बालुवासँगै परालले पुरेको अवस्थामा युवाको शव  भेटिएको हो ।   

अन्दाजी २०/२५ वर्ष जस्तो देखिने  पहिचान खुल्न नसकिएको सो युवकको शव पोष्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएकाे प्रहरीले जनाएकाे छ ।  

शरीरमा कुनै पनि कपडा नभएको र अनुहार तथा टाउको किच्याएर चिन्नै नसक्ने अवस्थामा भेटिएको उक्त युवाको शव केही दिन अघि नै हत्या गरि गाडेको हुनसक्ने प्रहरी कार्यालय सुनसरीका डीएसपी बिनोद शर्माले जानकारी दिएका छन् ।   

घटनास्थल नजिकै रगत लागेको एउटा इँटा र च्यातिएको गलबन्दी टुक्रा भेटिएको र घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *