जनकपुरमा मुख्यमन्त्री र मन्त्रीको तस्बिरमा जुत्ता हान्ने चारजना पक्राउ

माघ ३, जनकपुर । शुक्रबार जनकपुरधामकको जिरोमाइलमा मुख्यमन्त्रीसहित आधा दर्जन मन्त्रीको तस्बिर अंकित ब्यानरमा जुत्ता हानेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । 

आफूहरुले गरेको विकास निर्माणको काम वापत भुक्तानी नदिएको भन्दै उपभोक्ता संघर्ष समितिका पदाधिकारीहरुले मुख्यमन्त्री देखि मन्त्रीहरुको तस्बिर अंकित व्यानरमा जुता चप्पल हान्न थालेपछि प्रहरीले उनीहरुले पक्राउ गरेको छ । 

रोशन सिंह राणा, रोशन ठाकुर, विमलेश ठाकुर र शंकर साहलाइृ प्रहरीले नियन्त्रणमा लिएको छ ।   

उपभोक्त समितिका पदाधिकारीहरुले यस यस भन्दा पहिले गत आर्थिक वर्षमा सम्पन्न गरेको योजनाहरुको भुक्तानी नदिएको भन्दै भौतिक पूर्वाधार विकास कार्यालय तालाबन्दी गरेका थिए । 

गत आर्थिक वर्षमा विभिन्न मन्त्रालय र प्रदेश सांसदमार्फत बाँडिएका ८४२ योजना मध्ये करिब ८७ करोड रुपैयाँ भुक्तानी हुन बाँकी छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *