८ लाख घुससहित गाउँपालिका अध्यक्ष र चन्द्र बहादुर बस्नेत पक्राउ

माघ १२, काठमाडौं । जाजरकोटकाे जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर केसीसहित २ जना पक्राउ परेका छन् ।   

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले गाउँपालिका अध्यक्ष केसीसहित दुई जनालाई ८ लाख घुस रकमसहित पक्राउ गरेको हो ।   

अध्यक्ष केसीले सोही गाउँपालिकाको वडा नं. ५ मा विभिन्न उपभोक्ता समितिमार्फत् भएको सडक निर्माणको काम सम्पन्न पश्चात् भुक्तानीका लागि सहजीकरण गरिदिने भन्दै घुस लिएको अख्तियारकाे आरोप छ । 

Image result for पक्राउ

घुस लिइसकेको अवस्थामा वडाध्यक्ष केसी र चन्द्र बहादुर बस्नेतलाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ७ स्थित पुरानो मालपोत कार्यालयको जग्गा नजिकैकाे हटलाइन रोडबाट शुक्रबार घुस रकमसहित नियन्त्रणमा लिइएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *