सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा बीमा जागरण अभियान तथा मृत्युदावी भुक्तानी

पुस २१, फत्तेपुर ।  सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पौष २० गते बाँकेको फत्तेपुरमा एक कार्यक्रमका बीच बीमा जागरण अभियान तथा मृत्युदावी भुक्तानी कार्यक्रम सम्पन्न गरेको छ ।   

   

बीमित एलिश थारुको प्रस्तावक आशाराम थारुको मिति २०७६ असोज २१ मा मृत्यु भएको हुँदा मासिक आय सुविधा र क्रिया खर्च रकम वापत कम्पनीका महाप्रबन्धक कमलराज गौतमले मृतककी श्रीमती सीता थारुलाई रु. ३१,००० को चेक हस्तान्तरण गरेका छन्। 

साथै कम्पनीद्वारा नेपालगंजमा बिमा जागरण तथा अभिकर्ता अर्न्तक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न गरेकाे छ  । उक्त कार्यक्रम कम्पनीका महाप्रबन्धक  गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै महाप्रबन्धक गौतमले जीवन बीमाको महत्वबारे प्रकाश पारेका थिए ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *