कोरोना भाइरसको लागि ज्याकले दिए १ करोड ४४ लाख डलर
मकालु खबर
२०७६ माघ १६ गते
माघ १६, हाङझाउ । कोरोना भाइरसको लागि अलिबाबा समूहका संस्थापक ज्याक माले खोलेको ज्याक मा फाउन्डेसनले १ करोड ४४ लाख अमेरिकी डलर दिने भएको छ ।
यस संस्थाले कोरोना भाइरसको खोप निर्माणका लागि १ करोड ४४ लाख अमेरिकी डलर अनुदान दिन लागेको हो ।
फाउन्डेसनका संस्थापक ज्याक मा ले मानवीय सहयोग गर्न चाहेको बताएउँदै यो रकम कोरोना भाइरसको खोपको अनुसन्धान र निर्माणमा खर्च गरिने बताए ।
उनले खोप निर्माण गरी ठूलो संख्यामा बितरण गर्नु चुनौतीपूर्ण रहेको बताउँदै आफ्नो फाउन्डेसनले भाइरस विरुद्ध लड्ने किसिमका खोपहरुको निर्माण र वितरणमा थप लगानी बढाउने पनि बताए ।
मकालु खबर
२०७६ माघ १६ गते
प्रतिक्रिया
सम्बन्धित